• १२ पुस २०८१, शुक्रबार

राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन : उपमहासचिव ज्ञवाली

blog

पत्रकार सम्मेलनमा सहभागी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलगायत। तस्बिर : विशाल सुनार

विशाल सुनार

दैलेख, कात्तिक २१ गते। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन गर्नुपरेको बताउनुभएको छ। प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।‘देशका दुई प्रमुख दल एमाले र कांग्रेसले राजनीतिक स्थिरताकै लागि सत्ता गठबन्धन गरेका हुन्’, उहाँले भन्नुभयो। 

पछिल्लो समयमा सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको छानबिनको प्रक्रियालाई नै प्रभावित गर्ने प्रदर्शन कानुनी राज्यको उपहास गरेको समेत बताउनुभयो। 

पूर्व परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले विदेश नीति र देशको स्वाधीनता रक्षाको काम गर्न, सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठन भएर काम थालिएको जिकिर गर्नुभयो।  

कार्यक्रममा स्कुल विभागका प्रमुख ज्ञवालीका अलवा पत्रकार भेटघाट कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्यकुमारी श्रेष्ठ, पार्टीका कर्णाली प्रदेश उपसचिव रवीन्द्रराज शर्मा, एमाले जिल्ला अध्यक्ष सूर्यबहादुर शाही लगायतको उपस्थिति थियो।