• १० मंसिर २०८१, सोमबार

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

blog

तस्बिर : एएफपी

बेरुत, कात्तिक २१ गते । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएको छ  ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट  २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छ भने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।

नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।

टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ । 

सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबिच हवाई आक्रमण सुरु भएको थियो । सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउँदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई  विस्थापित  भएका छन् । रासस/क्यूएनए