तनहुँबाट ४० करोडको सुन्तला विक्री
सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन् ।
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन प्रति श्रद्धाञ्जली दिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान १०ः३० बजेका लागि आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको हो ।
पाउँदुरे नाचको जगेर्ना
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ ।
पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
गिद्धको संरक्षणमा रेस्टुरेन्ट
लोपोन्मुख गिद्ध संरक्षण गर्न २२ वर्षदेखि पूर्वी नवलपरासीको कावासोतीको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
खानेपानी योजना निर्माण
घोराही उपमहानगरपालिका–२, रामपुरमा चार करोड रुपियाँभन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण भएको छ ।
कटुवाखोला पुल तीन वर्षदेखि अलपत्र
निर्माण व्यवसायीको लापर्बाहीले दाङको घोराहीमा करिब तीन वर्षदेखि पुल अलपत्र परेको छ ।
पर्यटन सर्किटमा बाह्र जिल्ला जोडिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ ।
कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अर्चना कार्कीको पदयात्रा रोकिएन ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
कोदो केलाउँदै महिला
गलेश्वर, मङ्सिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँमा सुकाएको कोदो केलाउँदै महिला । तस्बिरः रासस
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
सरकारले निर्माण कार्यको अनुगमन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
ढोरपाटनमा निःशुल्क आँखा शिविर: एक हजार ५५ जनाले लिए सेवा
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।
मालपोत कार्यालयबाट दुई अर्ब ७० करोड राजस्व सङ्कलन
देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
धर्म र राजनीति
धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो ।
उपनिर्वाचनको राजनीतिक महत्व
लगभग आधा कार्यावधि बाँकी रहँदा स्थानीय तहका ४४ स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।
बाख्रा चराउन लैजाँदै
तनहुँ, मङ्सिर ३ गते । तनहुँको व्यास नगरपालिका–१४ सुढेमा बाख्रा चराउन जङ्गलतर्फ लैजाँदै एक महिला । ग्रामीण भेगका स्थानीयको आयआर्जनको प्रमुख माध्यम पशुपालन हो । तस्बिरः रासस
मिडिया कानुनको संवेदनशीलता
सामान्यतया मिडिया कानुनले आमसञ्चारका माध्यम र तिनमा कार्यरत मिडियाकर्मीलाई नियमन गर्ने सबै प्रकारका ऐन कानुन एवं नीतिनियम भन्ने बुझाउँछ ।
जलवायु वित्तमा ‘बाकु’ आशा
अजरबैजानको राजधानी बाकुमा अहिले संसारको ध्यानाकृष्ट भइरहेको छ ।
नौ पदका लागि उत्साहजनक मनोनयन
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
साउदी अरेबियामा एक सय बढी विदेशीलाई मृत्युदण्ड
साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।