झोलुङ्गे पुल कटानको जोखिममा
खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो ।
सुनकोसीमा आएको बाढीले खुर्काेटको पुल बगायो
रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ ।
देवघाटधाममा बाढी पस्यो, सयौँ घर डुबानमा
त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेको छ । भरतपुर महानगरपालिका–१ देवघाटमा बाढी पसेपछि प्रहरीले एक सयभन्दा धेरैको उद्धार गरेको जनाएको छ ।
बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण
इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ ।
सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।
पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड
कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो
अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो
कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोबर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।
बाढी पहिरोले १४ को मृत्यु, ११ बेपत्ता, उद्धारको काम जारी
बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् ।
बस्तीमा नारायणी छिरेपछि सय बढी घर डुबानमा
लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा छिरेको छ । नदी बस्तीमा पसेपछि गैँडाकोटका करिब सय बढी घर डुबानमा परेका छन् ।
अर्घाखाँचीको मुख्य सडक पहिरो खसेर अवरुद्ध
अर्घाखाँचीको मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
मन्थली विमानस्थलमा पानी पस्यो
तामाकोशीमा पानीको सतह बढेपछि सदरमुकाम स्थित मन्थली विमानस्थलमा पानी पसेको छ । हाटे चौरमुनि रहेको खेल मैदान समेत डुबानमा परेको स्थानीय गुजेश्वरी श्रेष्ठले बताउनुभयो ।
जैमिनिको महिमा
कालीगण्डकीको किनारा प्राचीनकालदेखि नै चिन्तनहरूको उर्वर भूमि भएको मानिन्छ ।
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।
नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च
लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
बाढीले हेवा खोलाको बेलिब्रिज बगायो
मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले बेलिब्रिज बगाएको हो ।
कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो
लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ ।
मिर्मिरे (निबन्ध)
‘मिर्मिरे’ शब्दले एकाबिहानै छ्याङ्ग उज्यालो हुनुभन्दा अगाडिको समय जनाउँछ ।
पहिरोले घर बगाउँदा एकको मृत्यु पाँच जना बेपत्ता
फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
उमेर होइन खुसी (कविता)
उमेर होइन खुसी हरदिन, लानु पर्छ बढाउँदै जिउनु पर्छ जिन्दगी यो, हाँस्दै खेल्दै रमाउँदै ।।१।। सप्तरङ्गी सैयौँ सपना, आँखाभरि सजाउँला दुःख पीडा व्यथा बिर्सी, आफ्नै धुनमा रमाउँला ।