जुस र जाम बन्ने खाद्यफल जङ्गलमै नास
गिठा, कन्दमूल, बेल, सिता फल, हलुवाबेद, चुत्रो, ऐँसेलु, मछाइनु, लेकाली कालो ऐँसेलु, काफल, डाले चुक, तिमिलो लगायतका जङ्गली खाद्य फलको उपयोग नहुँदा खेर जाने गरेका छन् । जङ्गली खाद्य फलबाट जाम, जेली र जुस बनाउन सकिने सम्भावना भए पनि उपयोग हुन सकेको छैन ।
सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।
निजी क्षेत्रको साहित्यिक पत्रकारिता
नेपालमा साहित्यिक पत्रकारिताको इतिहास समाचार पत्रकारिता (गोर्खापत्रको प्रकाशन १९५८ वैशाख) कोभन्दा तीन वर्षले पुरानो अर्थात् जेठो छ । १९५५ साउनमा ठहिँटी कामाडौँबाट पण्डित नरदेव र मोती
सुपरखुदी जलविद्युतले नसमेटेको भन्दै स्थानीय आन्दोलित
मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुद खोलामा निर्माणाधीन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दा आन्दोलित भएका छन् ।
इलामको कोसेली छुर्पी र ललिपप
इलामको नाम सुन्नासाथ आँखाअगाडि चिया बगानको मनै लोभ्याउने दृश्य घुम्न थाल्छ । कन्याम, अन्तु र चिया बगान घुम्न बर्सेनि हजारौँ पर्यटक इलाम आइपुग्छन् । पर्यटकले आफूसाथ चिया, घिउ, अकबरे खुर्सानी, मह, अदुवाको अचार, अलैँची आदि लिएर जान्छन् । बालबालिकाको रोजाइमा भने इलामको छुर्पी र ललिपप पर्ने गरेको छ ।
भारतबाट अवैध भित्रिएको २२ लाख मूल्य बराबरको पशुजन्य पदार्थ बरामद
कल्पना खरेलनवलपरासी पश्चिम चैत १८ गते । नवलपरासी पश्चिमको विभिन्न सीमा नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको छ । चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा यो अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशु क्वारेनटाइन चेक पोस्टको टोलीले उक्त बराबरको पशुजन्य पदार्थ बरामद गरेको हो ।बरामद भएका पशुजन्य पदार्थमा सबैभन्दा बढी तयारी बोइलर कुखुरा ११ लाख जतिको छ । उक्त अवधिमा विभिन्न नाकाबाट १ हजार ८४२ जिउ कुखुरा बरामद भएको पशु क्वारेनटाइन चेक पोस्टका पशु चिकित्सक मनोज अधिकारीले जानकारी दिनुभयो । त्यसै गरी उक्त अवधिमा ७ लाख ५६ हजार बराबरको ७ हजार ५६० जिउ कुखुराका चल्ला, २ लाख ६ हजार बराबरको ८२५ केजी माछा र १ लाख २० हजार बढीको ६१ केजी टर्कीको मासु बरामद भएको छ ।सोही अवधिको आठ महिनामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरी ३ लाख १४ हजार जरिवाना गरिएको अधिकारीले जानकारी दिनुभयो । यसैबिच गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाबाट चोरी निकासी हुँदै गरेको अवस्थामा करिब ३० लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको थियो ।बरामद हुनेमा १९ लाख बराबरको ३ हजार १७३ जिउ तयारी कुखुरा, ६ लाख बराबरको ६ हजार जिउ चल्ला, ४ लाख ५० हजार बराबरको १ हजार ७६० केजी माछा र १८ हजार बराबरको अण्डा रहेको पशु क्वारेनटाइन चेक पोस्टले जनाएको छ ।
बरमझियाको पेडा
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया पुग्ने जोसुकैलाई पेडाले आकर्षित गर्छ ।
साहको हत्यामा संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ
काठमाडौँको गोकर्णेश्वर नपा ५ बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
नमिलेको फैसला (कथा)
मने र उसको भाइबिच अंशबण्डा भई भिन्दाभिन्दै बसेका पनि आठ वर्ष वितिसकेको थियो । दाजुभाइबिच अंशबण्डा भई भिन्दै बसे पनि उनीहरूबिच असाध्यै मायाप्रेम थियो । एकअर्कामा लेनदेन, सरसहयो
प्रदेशस्तरीय अन्तरपालिका महिला भलिबलको उपाधि चुरेलाई
पुष्कर भण्डारी डडेलधुरा, चैत १८ गते । जिल्ला सदरमुकामको टुँडिखेलमा सम्पन्न द्वारिकादेवी ठकुरानी स्मृति प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका कैलालीले जितेको छ । आइतबार अपराह्न भएको फाइनल खेलमा नौगाड गाउँपालिका दार्चुलालाई हराउँदै चुरेले उपाधि जितेको हो । उपाधिसँगै चुरेले एक लाख १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।चुरेले फाइनलमा नौगाडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको आयोजक जिल्ला भलिबल सङ्घ डडेलधुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार द्वितीय भएको नौगाडले ५१ हजार एक सय ११ रुपियाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा अमरगढी नगरपालिका डडेलधुरालाई हराउँदै डडेलधुराकै परशुराम नगरपालिका तृतीय भयो । परशुरामले २५ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पाँच लाख रुपियाँ बजेटमा जिल्ला भलिबल सङ्घ डडेलधुराले शुक्रवारदेखि अमरगढी नगरपालिका ४ टुँडिखेलमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा डडेलधुराका तीन, बैतडी, दार्चुला र कैलालीका एक एक गरी ६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समापनमा बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जिल्लामा खेल मैदानको आवश्यकता रहेको उल्लेख गर्दै आउँदो बजेटमा खेल मैदान निर्माणका लागि रकमको सुनिश्चित गर्ने बताउनुभयो । यस अघि भएको अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा आफू उपस्थित भएको र खेल क्षेत्रमा महिलाको विकासका लागि यस वर्ष पाँच लाख रकमको योजना बनाई प्रतियोगिता सञ्चालन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।भलिबल इनडोर खेलिने प्रतियोगिता हो । उहाँले भन्नुभयो, हाम्रो जिल्लामा इनडोर खेलाउन आवश्यक पूर्वाधार छैन । तर पनि हाम्रा युवतीलगायत युवाहरू भलिबल खेल तर्फ निकै आकर्षित छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू पनि यस जिल्लाले जन्माएको छ । आगामी बजेट आउँदासम्म म राज्यमन्त्रीमा भए पनि नभए पनि भलिबल खेलकालागि आवश्यक पूर्वाधार निर्माण गर्न रकमको माग गर्ने छु । हामी सबैले खेल मैदान निर्माणका लागि आ आफ्नो क्षेत्रबाट पहल गरौँ । मेरो यही आग्रह छ ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नेपाल सरकारको नारा नै रहेको उल्लेख गर्दै उहाँले युवालाई खेलकुदमा जोड्न सके लागु पदार्थ दुर्व्यसनी र आपराधिक घटनाबाट टाढा राख्न सकिने बताइन । कुलतमा नलाग्न उहाँले युवाहरूलाई आग्रह गर्नुभयो ।
‘बाजेको खिर’को स्वादै बेग्लै
भाइबहिनीहरू, डडेलधुराको खिरका बारेमा सुन्नु भएको छ ?
कहाँ के प्रख्यात छ ?
भाइबहिनीहरू, नेपालका हरेक ठाउँको आआफ्नै विशेषता छ । विशेष गुण हुनुलाई विशेषता भनिन्छ । त्यसैका आधारमा ती ठाउँ प्रख्यात छन् । भादगाउँले टोपी भन्नासाथ भक्तपुरलाई सम्झिन्छौँ । ढाका टोपीका लागि पाल्पाको नाम अगाडि आउँछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
पेसाको विकल्प खोज्दै घसियारा समुदाय
घाँस काटेर जीविकोपार्जन गर्दै आएको बाँकेको नेपालगन्ज–८ र १३ का घसियारा समुदाय, घाँस पाइन र बिक्री हुन छाडेपछि वैकल्पिक पेसा खोज्न बाध्य छन् । पुर्खाले नदीमा डुङा चलाएर जीविकोपार्जन गर्ने यो समुदायले नदीनालामा पुल पुलेसा निर्माण भएपछि उनीहरू समयको माग अनुसारको पेसा गर्न विवश भएका हुन ।
अक्करे काभ्रेभिरमा गाडी सरर
अक्करे कहाली लाग्ने भिर, तल कालीगण्डकी नदीको खोँचमा साँघुरो सडक भएकाले दुर्घटनाको जोखिम मोल्दै बर्सौंसम्म दैनिक सयौँको सङ्ख्यामा गाडी वारपार गरेका थिए । बेनी–जोमसोम सडकखण्डमध्ये यो स्थान सबैभन्दा जोखिमपूर्ण मानिन्थ्यो तर अहिले काभ्रेभिर र बदरजुङ भिरमा गाडी सरर चलाउन मिल्ने भएको छ ।
जनकपुर–भिट्ठामोड सडक अतिक्रमित संरचना हटाइँदै
चार लाइनको जनकपुर–जलेश्वर– भिट्ठामोड सडकखण्ड अन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ लादोवेलादेखि बिन्धीसम्मको सडकमा वर्षौैंदेखि अतिक्रमित गरी बनाइएका भौतिक संरचना हटाउने काम भइरहेको छ ।
तत्काल स्थायी सेवा पदपूर्ति नगर्न आदेश
गण्डकी विश्वविद्यालयमा अहिले करारमा कार्यरत ७८ शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
प्रतिलिपि नागरिकता बनाउने धेरै
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
पुल मर्मतका लागि बजेट आएन कार्यान्वयनमा
एक दशकदेखि जीर्ण रहेको मोटरेबल पुल मर्मतका लागि बजेट भए पनि कार्यान्वयनमा आएको छैन ।
बिजुवार–सुलीचौर सडकका लागि बजेट सुनिश्चित
प्युठान र रोल्पा जिल्ला जोड्ने बिजुवार–ढुङ्गेठाँटी–सुलीचौर सडकको स्तरोन्नति कार्य सुरु भएको छ ।
यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
प्रभावकारी बन्दै दौँतरी शिक्षा
गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोरकिशोरी हिजोआज साथीसँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्छन् ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।