जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी
यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
काँक्रेविहार अवलोकन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी
कर्णाली, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपरान्ह सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ मा अवस्थित पर्यटकीयस्थल काँक्रेविहारको अवलोकन गर्दै । तस्बिरः प्रकाश अधिकारी, रासस
लोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो
मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो ।
१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त
राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेकोछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।
विमान दुर्घटना : तस्बिरमा नेपाली सेनाको उद्धार
मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।
सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना
तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो ।
मौसम सफा नभई उडान अनुमति नदिने क्यानको निर्णय
तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक बढुवाविरुद्ध रिटको सुनुवाइ जेठ ३० गते
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेकाे मुद्दाकाे सुनुवाइ जेठ ३० गतेका लागि तोकेको छ ।
भालुको आक्रमणमा एक जना घाइते
हुम्ला, जेठ १७ गते। मङ्गलबार दिउँसो नाम्खा गाउँपालिका-४ को याल्वाङमा भालुको आक्रमणमा परेर एकजना घाइते हुनुभएको छ। घरबाट घट्टतर्फ जाँदै गर्दा बाटोमा भालुले आक्रमण गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भालुको आक्रमणबाट स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते हुनुभएको हो। घाइते लामाको कान र हातमा चोट लागेको छ। लामाको दायाँ कान च्यातिएको छ। घाइते लामालाई नाम्खा गाउँपालिका याल्वाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल हुम्लामा रेफर गरिएको छ।
मेलम्ची खानेपानीको मूलढोका बन्द, वैकल्पिक व्यवस्था गरिने
मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्य बन्द गरिएको छ । महाँकालचौर शाखा कार्यालयका अनुसार मेलम्ची खानेपानीको मूलढोका बन्द भएकाले खानेपानी वितरण बन्द गरिएको हो ।
अनुमति बिना नेपाल प्रवेश गरेको भारतीय कार बेलहियामा बरामद
अनुमति बिना नेपाल प्रवेश गरी विभिन्न स्थान पुगेर फर्किदै गर्दा भारतीय नम्बर प्लेटको कार रुपन्देहीको बेलहियाबाट बरामद गरिएको छ ।
दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।
आइजिपी बढुवाविरुद्धको सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
विमान दुर्घटनाले प्रधानमन्त्री देउवा दुःखी
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी त्यसमा सवार सबैको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सो जहाजमा चालक दलका सदस्य र यात्रु गरी २२ जना सवार हुनुहुन्थ्यो ।
बजेट सकारात्मक तर कार्यन्वयन चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स
सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपुर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
जनप्रतिनिधिमा निर्वाचित पत्रकारको सदस्यता खारेज हुने
नेपाल पत्रकार महासंघले संघीय, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको महासंघको सदस्यता स्वतः खारेज हुने निर्णय गरेको छ । महासंघको आइतबार बसेको उपत्यकामा उपलब्ध केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
तारा एयर दुर्घटना छानविनका लागि जाँच आयोग गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको कारण बारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरकेो छ ।
कांग्रेसद्वारा विमानका यात्रुहरुप्रति श्रद्धाञ्जलि अर्पण
नेपाली कांग्रेसले आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित यात्रुहरुको निधन भएको घटनाप्रति दुःख प्रकट गरेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा सो दुर्घटना भएको थियो ।
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक (लाइभ)
दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।
सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि हालसम्म विद्यार्थीहरुले पर्याप्त पाठ्यपुस्तक पाएका छैनन् ।
नेपाल–भारत जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा
सिराज खान नेपालगञ्ज, जेठ १६ गते । यहाँस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकामा एक्कासि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सो नाकाबाट ठूलो परिमाणको लागु औषधसहित साना हातहतियारसमेत भित्रिन सक्ने आशङ्कामा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । नाकामा सुरक्षा कडा० गर्ने दुबै देशका सुरक्षा अधिकारीबीच भएको सहमति र नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने आशङ्कालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज वरिष्ठ सई माधवप्रसाद रिजालले बताउनुभयो । विगतबाटै लागू औषध भित्र्याउने कार्य धेरै हुँदै आएकाले सो नियन्त्रण गर्नुका साथै अन्य प्रकारका गैरकानूनी सामान भित्रिन नदिन नाकामा कडाइ गरेर भारतबाट आउने सवारी साधनमाथि निगरानी बढाइएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, जमुनाहाका इञ्चार्ज वरिष्ठ सई रिजालले नाकामा चेकजाँचमा कडाई गर्नुका साथै आवागमन गर्ने सर्वसाधारण र भारतीय पर्यटकसँग राम्रो व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले सीमापारि गएर घरायसी सामान किनमेल गर्ने नामबाट पनि तस्करी बढ्दै गएको पाइएको जनाउँदै त्यसमा पनि नियन्त्रण गर्ने कार्य शुरु गरिएको बताउनुभयो । सीमापारीको रुपैडिहा बजारमा लागूऔषध खुला रुपमा विक्री हुने गरेकाले सो सेवन गर्न तथा खरिद गर्न दैनिक ठूलो संख्यामा नेपाली युवा रुपैडिहा पुग्ने गरेको हुँदा उक्त कार्य रोक्न पनि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । दैनिक रुपमा सीमापारि गएर आउने व्यक्तिहरुको पनि पहिचान गर्न र उनीहरुलाई कडा रुपमा सोधपुछ गर्दै चेकजाँच गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको वरिष्ठ सई रिजालले बताउनुभयो । नेपालतर्फको जमुनाहा नाकामा चेकजाँच कडा पारिएपछि भारतीय सुरक्षा निकाय एसएसबीले पनि चेकजाँच कडा गर्दै गएको जमुनाहा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताउनुभयो । उहाँले नाकाबाट आउजाउ गर्ने दुवै देशका नागरिकको चेकजाँचमा भारतीय सुरक्षाकर्मीले पनि कडाइ शुरु गरेको पाइएको बताउनुभयो । यसअघि स्थानीय तहको निर्वाचनको समयमा पनि नाकाको सुरक्षा व्यवस्था कडा पार्नुका साथै खुला रहेको सबै नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
त्रियुगा प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी
जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडाध्यक्ष् सहित इतिहासमै पहिलोपल्ट नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको अन्तरले एमालेका उम्मेदवार भागवत राउतलाई पराजित गर्दै उहाँ नगर प्रमुखमा विजयी हुनुभएको हो ।
कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम
मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।
घाइते वडा सभापति भण्डारीलाई सुर्खेत लगियो
नेपाली काँग्रेस अदानचुली गाउँपालिका– २ का वडा सभापति रतन भण्डारी कुटपिटबाट गम्भीर घाईते हुनु भएपछि उपचारका लागि उहाँलाई जिल्ला बाहिर सुर्खेत रिफर गरिएको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा उहाँको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले उहाँलाई जिल्ला बाहिर रिफर गर्नुभएको हो ।