एउटै पसलबाट दुई किलो २४ तोला सुनसहित नगद ५ लाख चोरी
रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ।
धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको छ।
भ्रष्टाचारको आरोपमा १११ जनाविरुद्ध मुद्दा
भ्रष्टाचार गरेको अभियोगमा १११ जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ। आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २५ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्याएर भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
सफा हिमाल अभियान : सेनाका चार टोली आधार शिविरमा
सफा हिमाल अभियान-२०२२ अन्तर्गत सफा हिमाल अभियानमा खटिएका नेपाली सेना तथा सहायक चार टोली आधार शिविर पुगेको छन्।
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीबीच आइतबार छलफल भएको छ।
तनहुँमा साना दलको मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा साना राजनीतिक दलले आइतबार मनोनयन दर्ता गराएका छन्।
कैलालीको मुक्त कमैया शिविरमा आगलागी
अविनाश चौधरीधनगढी, वैशाख ११ गते। कैलालीको कैलारी गाउँपालिका-७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको छ। गहुँको नलमा लगाइएको आगो गएर मुक्त कमैया बस्तीमा सल्केको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट ७३ मध्ये धेरै घर जलेर नष्ट भएका छन्। खर र टिनको छानो भएको बस्तीमा आगलागी हुँदा ठूलो क्षति भएको हाे। आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाइ छ। उहाँका अनुसार धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएकाे छ ।दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। ५० देखि ६० घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको उहाँकाे भनाइ छ ।‘धुवाँ आइरहेका कारण जलेका घरको विवरण सङ्कलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘५० देखि ६० घर जलेर नष्ट भएको हामीलाई जानकारी गराइएको छ।’ आगलागीको कारण अझैसम्म पुष्टि नभएको उहाँको भनाइ छ।
बाजुरामा साना दलको मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दलले आइतबार मनोनयन दर्ता गराएका छन्। बाजुरामा पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर अध्यक्ष र खुला सदस्य पदमा तीन वटा पालिकामा मनोनय दर्ता गराएको हो।
नेपालको वनक्षेत्र वृद्धि भयो
नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ । झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क सार्वजनिक भएको हो ।