लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ? शिक्षा राणा – उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो । – प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो । २. हालै सैन्य ‘कु’ भएको अफ्रिकी मुलुक कुन हो ? नाइजर – कर्णेल मेजर अमाडो अब्द्रामानेले नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैन्य विद्रोह सफल भएको घोषणा गरे । उनले सोही घोषणामार्पmत संविधान विघटन गरेको जनाए । – सेनाले त्यहाँका राष्ट्रपति मोहम्मद बाजुमलाई नियन्त्रणमा लिएको छ ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
संविधानले प्रत्याभूत गरेका हकअधिकार १. नागरिक स्वतन्त्रताका लागि संविधानले प्रत्याभूत गरेका हकअधिकारहरू उल्लेख गर्नुहोस् । राज्य वा सरकारको अनुचित हस्तक्षेपबिना नागरिकले आफ्नो जीवन र दैनिकी सञ्चालन गर्न पाउने अवस्था नै नागरिक स्वतन्त्रता हो । नागरिक स्वतन्त्रता निरपेक्ष विषय होइन । अरूको अधिकारको सम्मान र मुलुकको कानुनी परिधिभित्र रही व्यक्तिगत इच्छा अनुसार कार्य गर्न पाउने अवस्थाका रूपमा नागरिक स्वतन्त्रतालाई बुझिन्छ । नागरिकको व्यक्तिगत विकास, आत्मसम्मान, खुसी र सन्तुष्टिका लागि नागरिक स्वतन्त्रता आधारभूत विषय मानिन्छ । नागरिक स्वतन्त्रताका लागि नेपालको संविधानले प्रत्याभूत गरेका हकहरू
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? सिङ्गापुर – सो सूची अनुसार नेपाल ९९ औँ स्थान (३८ राष्ट्रमा पहुँच) मा रहेको छ । सूचीमा अग्रस्थानमा रहेका राष्ट्रहरू
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
विशेष अनुदान प्रदान गरिने क्षेत्र १. विशेष अनुदान भनेको के हो ? विशेष अनुदानको उद्देश्यमाथि प्रकाश पार्दै विशेष अनुदान प्रदान गर्न सकिने क्षेत्र र अनुदान प्रदान गर्ने आधारहरू उल्लेख गर्नुहोस् ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सय वर्षका लागि गोरखापत्रको अग्रिम ग्राहक बनी कीर्तिमानी रेकर्ड राख्ने संस्था कुन हो ? बसुन्धरा–मान प्रतिष्ठान गोरखापत्र संस्थानको इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ। प्रतिष्ठानद्वारा एक सय वर्षका लागि ग्राहक बनेबापतको रकम विसं २०८० असार २९ मा संस्थानलाई भुक्तानी गरिएको हो। आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गते
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
कानुनद्वारा परिभाषित बैङ्किङ कसुर १. बैङ्किङ कसुर भन्नाले के बुझ्नुहुन्छ ? नेपालको प्रचलित कानुनद्वारा परिभाषित प्रमुख बैङ्किङ कसुरहरू उल्लेख गर्नुहोस्। बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुने गैरकानुनी कार्यलाई बैङ्किङ कसुर भनिन्छ। यस्ता गैरकानुनी कार्यबाट व्यक्ति, सङ्गठन र सिङ्गो वित्तीय प्रणालीलाई नोक्सानी पुग्ने भएकाले कानुनबाट कसुर परिभाषित गरी सजायको व्यवस्था गरिएको पाइन्छ। नेपालको प्रचलित कानुनले बैङ्किङ कसुरजन्य मुद्दालाई नेपाल सरकारवादी हुने फौजदारी मुद्दाका रूपमा स्वीकार गरेको छ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० क–कसलाई प्रदान गरियो ? राजनीतिक तथा सैद्धान्तिक विधामा कमलप्रसाद कोइरालालाई, इतिहास विधामा डा. बालचन्द्र मिश्रलाई र साहित्य, संस्कृति र विज्ञान विधामा गोपालप्रसाद थपलियालाई । पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
समन्वयलाई प्रभावकारी बनाउने उपाय १. समन्वय भन्नाले के बुझ्नुहुन्छ ? तीन तहका सरकारहरूबिच समन्वय किन आवश्यक छ ? तहगत समन्वयलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? सुझाव प्रस्तुत गर्नुहोस्। साझा लक्ष्य हासिल गर्नका लागि व्यक्ति, समूह, निकाय वा तहगत सरकारहरूबाट सम्पादन हुने कार्यहरूबिच उचित संयोजन एवं व्यवस्थापन गर्ने प्रक्रियालाई समन्वय भनिन्छ । साझा चासो, हित र सरोकारका विषय उचित सम्बोधन गर्न विभिन्न निकाय र सरकारहरूबिच समन्वय र सहयोग अपरिहार्य मानिन्छ । निर्दिष्ट जिम्मेवारीहरू दक्षतापूर्वक
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित हुने प्रतिभा को–को हुनुहुन्छ ? लोकसङ्गीत विधा : नवीन किशोर राई सङ्गीत विधा : गणेश रसिक परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : विजयकृष्ण श्रेष्ठ रङ्गमञ्च विधा : भैरव क्षेत्री नृत्य विधा : कुलमान नेपाली र