मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित
मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
म्यानमामा ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु
थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो ।
रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण
रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार
गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्यान्डमा दुई करोड ७० लाख यूराेको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्यान्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
भारतमा आँधीका कारण विद्यालय बन्द
भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौँ मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ ।
युद्धविरामपछि विस्थापित लेबनानी घर फर्किए
लेबनान र इजरायलबिचको युद्धविराम सम्झौता बुधबारदेखि लागू भएपछि हजारौं विस्थापित लेबनानीहरूले आफ्नो सामानहरू जम्मा गरेर दक्षिणी लेबनानमा आफ्नो घर फर्किएका छन् ।
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कनुहुने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
जापानी ‘गड अफ म्यानेजमेन्ट’ एआई अवतारको रुपमा फिर्ता
जापानी कम्पनी पानासोनिकले एआई अवतारको रुपमा ‘गड अफ म्यानेजमेन्ट’ फिर्ता ल्याएको छ । यसले तपाईंको सबै व्यावसायिक प्रश्नहरुको जवाफ दिन तयार हुनेछ ।
सिरियाली जिहादी समूहद्वारा अलेप्पोमा आक्रमण
जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।
जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत
जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।
ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने जापानका प्रधानमन्त्री इशिबाको भनाइ
जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताउनुभएको छ । “म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु,” जापानका प्रधानमन्त्री शिगेरु इशिबाले संसदमा एक महत्त्वपूर्ण नीतिगत सम्बोधनमा भन्नुभयो ।
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते
थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
गाजापट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा
रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नुभएको रूसी समाचार निकायहरूले जनाएका छन् ।
इजिप्टले ३८ करोड ५० लाख खोप उत्पादन गर्ने
इजिप्टले सन् २०३० सम्म करिब ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिनुभएको हो ।
अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी
टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै।
मलेसियाको उत्पादकमूल्य २.४ प्रतिशतले घट्यो
मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ ।
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।
एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।
चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी
भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।
रुसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण: जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रुसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताउनुभएको छ ।
कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता
युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनस्वयंसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।