चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट
चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ ।
मङ्गोलियाको जिडिपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान
मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैङ्क (एडिबी)का अनुसार मङ्गोलियाको जिडिपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।
इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए
इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताउनु भएको छ ।
भारतमा बस दुर्घटना : छ जना विद्यार्थीको मृत्यु
भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने
स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ ।
म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात
म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताउनुभएको छ ।
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।
संसदीय चुनावमा पराजयपछि दक्षिण कोरियाली प्रधानमन्त्रीद्वारा राजीनामा
दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीको हारपछि राजीनामा दिनुभएको छ ।
इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ ।
जर्मनीमा आपराधिक गतिविधि बढ्दो
जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ ।
सिङ्गापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि
सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई-कमर्स’ बाट गरिने खरिद बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई-कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।
हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार पाँच सयको ज्यान जाने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ ।
म्यान्मामा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त
आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मामा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार छ सय एक घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने
गाजामा इजरायली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।
गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास
दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।
राष्ट्रिय वित्तीय नीति अपनाउन विश्व बैङ्कद्वारा पाकिस्तानसँग आग्रह
पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बिचमा विश्व बैङ्कले इस्लामवादलाई सङ्घीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ ।
आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ
युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ ।
चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन
चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गर्नुभएको छ ।
गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ ।
दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण
दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।
मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो
मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ ।
मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।
आप्रवासनसम्बन्धी नयाँ नियमका लागि ईयूले बुधबार मतदान गर्ने
युरोपेली सङघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमाविशेष गरी शरणार्थीहरूका लागि प्रवेश प्रक्रियालाई कडा बनाउनेछ र समूहका सबै देशहरूले जिम्मेवारी साझेदारी गर्न आवश्यक हुनेछ ।