युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताउनुभएको छ ।
सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’
दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन् ।
आसियान प्रमुखद्वारा क्षेत्रीय अर्थतन्त्रलाई ‘दृढतापूर्वक’ एकीकृत गर्न आह्वान
व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बिचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताउनुभएको छ ।
चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागु भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ ।
ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैँकद्वारा ब्याज दरमा कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लागु भएपछि र नीति निर्माताहरूले ‘विश्वव्यापी आर्थिक अवस्थालाई चुनौतीपूर्ण’ भन्दै चेतावनी दिएपछि भारतको केन्द्रीय बैँकले बुधबार विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भारतमा ब्याज दर घटाएको छ ।
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ ।
गाजामा विस्तारवादी मनशायविरुद्ध टर्की राष्ट्रपतिको चेतावनी
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गर्नुभएको छ । यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पुर्याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताउनुभयो ।
गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित
इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ
सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बङ्गलादेश प्रहरीद्वारा हत्या प्रयासको आरोपमा पूर्व अभियोजक पक्राउ
निर्वासित कट्टरपन्थी प्रधानमन्त्री शेख हसिनाको शासनकालमा इस्लामवादी नेताहरूलाई मृत्युदण्डको सजाय सुनाउने अदालतमा वरिष्ठ अभियोजकका रूपमा काम गर्ने वकिललाई पक्राउ गरेको बङ्गलादेशी प्रहरीले मङ्गलबार जनाएको छ ।
चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख
मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया-प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताउनुभएको छ ।
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ ।
क्यानडाद्वारा डब्ल्यूटीओमा उजुरी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिएको छ ।
‘प्याकेज’ का साथ कर छुटको अपेक्षा गरेको जापानी प्रधानमन्त्रीको भनाइ
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी करबाट राहत पाउनका लागि आवश्यक ‘प्याकेज’ उपलब्ध गराउने र कर छुटको प्रस्ताव गर्ने बताउनुभएको छ ।
भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा ३% भन्दा बढीले गिरावट
बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ ।
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ ।
विवादित टापु विवादबिच जापानी एनजिओमाथि रुसको प्रतिबन्ध
टोकियोसँगको उत्तेजनाबिच रुसले सोमबार दोस्रो विश्वयुद्धको समयमा मस्कोले कब्जा गरेको विवादित टापु शृङ्खलालाई फिर्ता गर्न आह्वान गर्ने जापानी समूहलाई गैरकानूनी घोषित गरेको बताएको छ ।
चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सेयर बजार आतङ्कित
चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।
दक्षिणपूर्वी एसिया अमेरिकी करविरुद्ध ‘दृढ रहनुपर्छ’ : मलेसियाका प्रधानमन्त्री
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दक्षिणपूर्वी एसियाली देशहरूलाई अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएपछि ‘दृढ भएर उभिन’ आह्वान गर्नुभएको छ ।
जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण
जापानका सम्राट नारुहितोर साम्राज्ञी मासाकोले सोमबार दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सव मनाउन सानो प्रशान्त टापुइवोजिमाको दुर्लभ भ्रमण गर्नुभएको छ ।
इजिप्ट र साउदी विदेशमन्त्रीबिच गाजा युद्धविराम प्रयासबारे छलफल
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका साउदी समकक्षी फैसल बिन फरहान अल साउदले गाजा पट्टीमा युद्धविराम सम्झौता पुनः सुरु गर्ने प्रयासहरूको बारेमा छलफल गर्नुभएको छ ।
विश्व ट्रम्पको भन्सार शुल्क कम गर्न हतारिँदै : ह्वाइट हाउस
संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका कठोर भन्सार शुल्कहरू कम गर्नका लागि ५० भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता खोजेको ह्वाइट हाउसले आइतबार बताएको छ ।