फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपिल
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागु औषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनुवाइका लागि लगिँदै गरेको छ ।
ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ
इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् ।
अमेरिकाले स्टिल र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने
संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागु गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ ।
युक्रेन र अमेरिकाबिच समझदारी : ३० दिने अस्थायी युद्धविरामको सहमति
मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबिच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ ।
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’ को अपरेसन
पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरु गरेको छ । दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ । अज्ञात सङ्ख्यामा यात्रुहरू अझै पनि रेलमा रहेका छन् ।
पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक
पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ ।
दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रमा बस पल्टिँदा १२ को मृत्यु, ४५ जना घाइते
दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
ट्रम्पद्वारा विद्युत अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’को आरोप
ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ भन्दै संयुक्त राज्य अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको दाबी गर्नुभएको छ ।
साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने
रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।
गाजाको बिजुली कटौती गर्ने निर्णयको अरब राष्ट्रहरूद्वारा निन्दा
साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् ।
ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ ।
‘विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ’
विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध, हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवताविरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।
युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुख
रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् ।
अमेरिकाले ८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताउनु भएको छ ।
जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ
रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
राजनीतिक सङ्कटबिच नेटो प्रमुख बोस्निया भ्रमणमा
नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को विवादबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रवासी’को गोली हानी हत्या
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।
सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु अर्थहीनः इरान
इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।
युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ
युन सुक येओलको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।
अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता
क्यानाडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित
क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नुहुनेछ ।
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबिच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।