• १ असार २०८२, आइतबार

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

blog

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), जेठ ३१ गते। रौतहटको वृन्दावन  नगरपालिमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

वृन्दावन  नगरपालिका–७ हुसेनी चोक र आकरपाथरको भित्री सडकखण्डमा भएको दुर्घटनामा २४  वर्षीय चालक नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो। मन्सुरीको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिनुभयो।

वृन्दावन नगरपालिका–७  का मन्सुरी सो ट्रयाक्टरका साहु समेत हुनुहुन्छ। आफैंले चलाइरहेको ना. ४ त. २०६८ नं. को ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठेर पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।