नसर्ने रोगको बढ्दो प्रकोपले धनजनको क्षति
नेपालमा पछिल्लो समय नसर्ने रोगहरुको बढ्दो प्रकोपको कारण ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको अध्ययनले देखाएको छ । नौ वर्षको हारहारीमा २० प्रतिशतले नसर्ने रोग बढेको अध्ययनले देखाएको हाे । नेपालमा भएका कुल मृत्युहरुमध्ये नसर्ने रोगबाट हुने मृत्युको अनुपात सन् २०१० मा ५१ प्रतिशत थियो । तर अहिले बढेर ७१ प्रतिशतमा पुगेको छ । नेपालमा सन् २०१९ मा गरिएको सर्भेअनुसार नेपालमा प्रत्येक वर्ष एक लाख ९० हजार भन्दा बढी मानिसको विभिन्न रोगको कारण मृत्यु हुने गरेको छ । जसमध्ये करिव ७१ प्रतिशत नागरिकको नसर्ने रोगका कारण मृत्यु भएको जनसंख्यायिक अध्ययनकाे तथ्याङ्कमा उल्लेख भएकाे छ।
बाँकेमा मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिने
बाँकेमा जेठ १० गते अर्थात् मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिँदैछ ।
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
२४ घण्टामा थप छ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ ।
थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
विदेशमा नेपाली नर्स
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
थप ११ जनामा कोरोना सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार तीन सय जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सरुवा रोग अस्पतालले आइतबार बिदा नदिने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबार बिदा नदिने निर्णय गरेको छ । अस्पतालले सूचना निकाल्दै सार्वजनिक बिदाबाहेक अन्य दिन बहिरङ्गलगायत अन्य सेवा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।