रक्तसञ्चार भ्यान हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो ।
तापक्रम बढेसँगै हिमाली जिल्लामा पनि देखिए कीटजन्य राेग
मनसुन सुरुभएदेखि देशभरका विभिन्न जिल्लामा कीटजन्य रोग देखिन सुरु भएको छ । तराई क्षेत्र तथा अत्याधिक गर्मी हुने ठाउँमा ठाउँमा कीटजन्य रोगको संक्रमण पनि बढी पाइन्थ्यो । तर, विभिन्न कारणले पछिल्लो समयमा उच्च पहाडी र हिमाल क्षेत्रमा समेत लामखुट्टे फैलन थालेपछि थप जोखिम बढेको सरोकारवाला बताउँछन् ।
मेरुदण्ड वाथ परीक्षण सेवा विस्तार
कोसी अस्पताल विराटनगरमा मेरुदण्डको वाथ ‘स्पोनडाइलो आर्थराइटिस्’ रोगको प्याथोलोजी परीक्षण सेवा विस्तार भएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अङ्गमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार यो सेवा पूर्वमा कोसी अस्पतालले सुरुवात गरेको छ ।
२४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २२ गते। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी एक हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ। अहिले देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा नौ जना डिस्चार्ज भएका छन्।
सुन्दरताका लागि ‘हाइड्राफेसियल’
अनुहारको छालालाई चमक र सुन्दर बनाउन गरिने उपचारमध्ये एक हो ‘हाइड्राफेसियल।
भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन
स्वास्थ्य विमाको कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउँदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ । नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडकासाथ जनप्रतिनिधिले राखेका छन् । विमा गरेकाहरु उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।
पुतलीबजारमा रक्तसञ्चार केन्द्र स्थापना
अर्जुन काफ्ले स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । १२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
रगतको शुल्क बढ्यो
रगत प्राप्ति गर्दा लाग्ने शुल्क बढाइएको छ तर बढाइएको शुल्क सरकारी स्वास्थ्य संस्थामा लागू नहुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ शुल्कबारे जानकारी गराउँदै अब प्रतियुनिट रगतको शुल्क ८१० देखि अधिकतम एक हजार ६४० सम्म कायम गर्न सकिने जनाएको छ । यसअघि प्रतियुनिट रगतको शुल्क ५२५ रुपियाँ मात्र तोकिएको थियो ।
क्षयरोगको औषधि अभाव हुँदा डेढ सय विरामी प्रभावित
दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो ।