निसिखोला गाउँपालिकाले घटायो बेरुजु
बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाले अरू पालिकाहरूमा बेरुजु बढिरहेका बेला यहाँको निसिखोला गाउँपालिकाले बेरुजु घटाउने अभियान चलाएको छ । चालु वर्षको ८ महिनामै पालिकाले सात करोड बेरुजु घटाएको छ ।
बागलुङका तीन सडकको काम तोकेको समय अघि नै सक्ने लक्ष्य
कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक–पटक म्याद थपिएका छन् । तर बागलुङका तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अघि सकिने गरी काम भएको छ ।
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।
भारत सरकारको सहयोगमा विद्यालय भवन बन्ने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवास्थित साँवा माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । भारत सरकार र मिक्वाखोला गाउँपालिकाको लगात साझेदारीमा विद्यालय भवन निर्माण हुने भएको हो ।
भीरबाट लडेर एक जनाको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।
वडा भित्रका विद्यालयमा बालबालिकालाई भर्ना नगरे सरकारी सेवाबाट वञ्चित गरिने
जाजरकोटको छेडागाड नगरपालिका–८ का बालबालिकालाई वडा भित्रकै विद्यालयमा भर्ना नगरे अभिभावक सरकारी सेवाबाट वञ्चित हुने भएका छन् । नगरपालिकाको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सो निर्णय गरेको हो ।
कसगढ समुदायको पेसा सङ्कटमा
यहाँको कसगढ समुदायले उत्पादन गरेका माटोका भाँडाकुँडा बिक्री हुन छाडेपछि ती समुदायका व्यक्तिले पेसा परिवर्तन गर्न थालेका छन् ।
गर्मी बढेसँगै बिरामी पनि बढ्दै
जाडो सकिएर गर्मी बढ्दै जाँदा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर बुटवलका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कांग्रेस गुल्मीको तेस्रो सम्मेलन : १३ उपसमिति गठन
नेपाली कांग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलनको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाएको छ । “जनआन्दोलन दिवस” को अवसरमा आगामी चैत २६ र २७ गते तम्घासमा हुन लागेको कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन पालिका तहमा प्रतिनिधि खटाउनुका साथै विभिन्न उपसमिति गठन गरिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ ।
आजबाट शिक्षकले काठमाडौंमा प्रदर्शन गर्ने
नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
बुधबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
दुई विद्यालयमा दश लाखको अक्षयकोष
म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटस्थित ओखरबोट माविमा दिवङ्गत आफन्तको सम्झनामा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । ओखरबोटका स्व. कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले सो अक्षयकोष स्थापना गर्नुभएको हो ।
नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द
बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट नेपाली कागज तयार गरिन्छ । बैतडीमा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो ।
दश हजार थान लागु औषध ट्याब्लेटसहित सात व्यक्ति पक्राउ
उदयपुरको कटारी नगरपालिका वडा नं ४ कान्छी बजारबाट ठुलो परिमाणमा लागु औषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ निवासी सात व्यक्तिलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो ।
पत्रकार महासंघ दैलेखले बुझायो प्रशासनलाई ज्ञापन पत्र
नेपाल पत्रकार महासङ्घ दैलेख शाखाले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापत्र बुझाएको छ ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमति जुट्न ढिलाई हुँदा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
म्यानमार भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ (युएन) ले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ ।
पुतलीबजार र बिरुवा जोड्ने सडक धमाधम कालोपत्रे हुँदै
पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । पुतलीबजार–१० राङखोलादेखि धौवादी सडकखण्डमा कालोपत्रे गर्ने कार्य भइरहेको हो ।
पश्चिम विश्वविद्यालयको स्ववियु अध्यक्षमा नेविसंघका खड्काको प्यानल विजयी
मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्गठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताउनुभयो ।