'नीफ'मा ३५ देशका ९५ चलचित्र प्रतिस्पर्धामा
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा यो वर्ष ३५ देशका ९५ वटा चलचित्रहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको हो ।
शाहरूख र दीपिका अभिनीत फिल्म 'पठान' आजबाट प्रदर्शनमा
बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' आजदेखि प्रदर्शनमा आएको छ । फिल्म विश्वभर ७७ सय स्क्रिनमा एकसाथ प्रदर्शनमा आएको हो ।
पूर्णिमा कलिलैमा लोकप्रिय
प्रतिभाशाली गायिका पूर्णिमा लामा कलिलो उमेरमै साङ्गीतिक क्षेत्रमा स्थापित बन्नुभएको छ। डेढ दशकदेखि गीतसङ्गीत क्षेत्रमा सक्रिय लामाले हालसम्म चार/पाँच सयको हाराहारीमा गीत गाइसक्नुभएको छ। लामाको ‘आगो’, ‘बन्दुक र गोली’लगायतका गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ। यसबाहेक उहाँको ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’लगायतका गीत चर्चामा छन्।
चलचित्रमा जासुसीको कथा
चलचित्र ‘मिसन मज्नु’ एउटा यस्तो भारतीय नायकको कथा हो, जसको बहादुरी र जासुसीको कारणले पाकिस्तानले महँगो मूल्य चुकाउनुपर्छ। शान्तनु बागचीद्वारा निर्देशित चलचित्रले फेरि एक पटक भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट क्षमतालाई बाहिर ल्याउन खोजेको छ।
चलचित्र 'फूलबारी'को ट्रेलर सार्वजनिक
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ ।
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको कथा : 'बिकमिङ'
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका युवाको कथामा आधारित वेब सिरिज ‘बिकमिङ’ सार्वजनिक भएको छ ।
दयाहाङ र मिरुना अभिनीत फिल्म 'जारी' वैशाखमा
रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ ।
माघ १३ बाट ‘जीवनसाथी’
प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। दीपक तामाङ लामाले निर्देशन गर्नुभएको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहनुभएको छ।
'मिसेस नेपाल आइडल'को उपाधि सजनालाई
मिसेस नेपाल आइडल २०२३ को उपाधि इलामकी सजना खत्री केसीले जित्नुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा उहाँले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल हुनुभएको हो ।