पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने
चलचित्र पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।
प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।
फिल्म 'ह्यारीकी प्यारी'को गीत 'दम दम' सार्वजनिक
फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ ।
सुवेदीको निर्देशनमा ‘सतीदेवी’ बन्दै
चलचित्र ‘सतीदेवी’ बन्ने भएको छ । चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहनेछ ।
धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा नौ जना घाइते, कार्यक्रम स्थगित
धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्।
सर्ट फिल्म 'किन' सार्वजनिक
सर्ट फिल्म ‘किन’ सार्वजनिक भएको छ ।
'डिसेम्बर फल्स-२' घोषणा
फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खला निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मको दोस्रो शृङ्खलाको छायाङ्कन चैत महिनादेखि सुरु हुने भएको छ ।