मतदान केन्द्रमा मोबाइल, क्यामेरा नलग्न कञ्चनपुर प्रशासनको आग्रह
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।
“गुल्मीका दुई मतदान केन्द्र महिलाको नेतृत्वमा”
गुल्मी जिल्लामा ४३ मतदान अधिकृत महिला रहेका छन्। जिल्लाका २८४ मतदान केन्द्रमध्ये ४३ मतदान केन्द्रको नेतृत्व महिलाहरुले गर्दै आएका छन्। गुल्मी क्षेत्र नं १ मा २३ र क्षेत्र नं २ मा १८ मतदान केन्द्रको नेतृत्व महिलाहरुले गरिरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत कृष्णिराम घिमिरेले जानकारी दिनुभयो।
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।
आज रातिबाट मतदान सम्पन्न नहुँदासम्म सवारी साधनमा रोक
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सिरहा–३ का जसपा नेपाल उम्मेदवार यादव पक्राउ
गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ पर्नुभएको छ ।
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
रौतहटमा नेपाली सेनाको पैदलदेखि हवाई गस्ती
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले रौतहटमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पारेको छ ।
कालीकोटमा सीसी क्यामरासहित मतगणनास्थल तयारी
कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीसी क्यामरासहितको मतगणनास्थल तयार पारेको छ। कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई मतदानस्थलमा खटाइसकेपछि सदरमुकाम मान्ममा मतगणनास्थलको तयारी पूरा गरिएको हो।
आचारसंहिता उल्लङ्घनमा दलको विरोध
मुस्ताङका सात राजनीतिक दलले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्।
मतदानकेन्द्र र मतगणनास्थल धमाधम तयार पारिँदै
सर्लाहीमा बिहीबार (भोली) हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।
निर्वाचनको तयारी अन्तिम चरणमा
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतको नेतृत्वको टोली मतदान सामग्री बुझेर मतदान केन्द्र पुगिसकेका छन् । बिहीबार हुने निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन सर्वदलीय बैठकको आयोजना गरिरहेका छन् ।
समय अभावले गाउँमा पुगेन मतदाता शिक्षा
बर्दिया जिल्लाका ग्रामीण बस्तीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो बढेको छ । निर्वाचनको मिति छोटो अवधिमा तोकिएकाले समय अभावका कारण सबै गाउँसम्म मतदाता शिक्षा विस्तार हुन नसकेको देखिएको हो ।
गुल्मीमा तारजाली र सीसीटिभीसहित दुई मतगणनास्थल निर्माण
गुल्मीमा फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको मतगणनाका लागि दुई स्थानमा मतगणनास्थल निर्माण गरिएको छ ।
दार्चुलाको नागुमा मतदान टोली पुग्यो
सडक, शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माण तथा छुट्टै वडा माग गर्दै प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको दार्चुलाको नौगाड गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा निर्वाचन गराउन कर्मचारीहरूको टोली पुगेको छ।
स्याङ्जामा कडा सुरक्षा, अतिसंवेदनशील केन्द्र निगरानीमा
स्याङ्जामा बिहीबार (भोलि) हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । जिल्लामा रहेको १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा नै सुरक्षा तथा कर्मचारीहरुको टोलि पुगिसकेको छ ।
निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।
सार्वजनिक बिदामा आयोगको आवश्यक व्यवस्था
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
रिपोर्टिङ गर्न पास अनिवार्य
निर्वाचनका दिन (फागुन २१ गते) पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी भएको पास भए निर्वाध रिपोर्टिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगद्वारा जारी भएका पासबाट समेत अरू सञ्चारकर्मी फिल्डमा जान सक्ने छन् ।
चुनावका लागि उपत्यकाबाट बाहिरिए साढे सात लाख जना
निर्वाचनका अवसरमा करिब सात लाख ५० हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । बुधबार साँझसम्म थप एक लाख यात्रु बाहिरिने प्रहरीको अनुमान छ । आमनिर्वाचन, होली पर्व र एक हप्ताको सरकारी बिदाले गर्दा उपत्यकाबाट बाहिरिने सङ्ख्या अत्यधिक भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार एक लाखको हाराहारीमा यात्रु बाहिरिएका छन् ।
हिउँ छिचोलेर मतदाता गाउँमा
कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर नेपाली सेनाको हेलिकोप्टरले डोल्पाका २० वटा मतदान स्थल र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो ।
निर्वाचनमा मौन अवधि : सूक्ष्म निगरानी गर्दै आयोग
प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको छ ।
निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ
देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
खोटाङमा मतगणनास्थल निर्माण
खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणनास्थल तयार पारेको हो ।
बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी बैतडीमा अन्तिम चरणमा पुगेको छ ।