बदरमत कम गर्न नमुना मतदान
बाजुरा, वैशाख २२ गते । बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि बाजुरामा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी हुने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्ने गरी जिल्लाको मालिका माविमा बुधबार नमुना मतदान कार्य गरिएको हो ।धेरै मतदातले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिकाको मालिका माविमा नमुना मतदान केन्द्र स्थान गरेर परिक्षण गर्दा त्यहाँका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बडिमालिका नगरपालिका ९ का स्थानीयबासी दले रावलले भन्नुभयो, “वैशाख ३० गते मतदान कसरी गर्ने भन्ने सोचेको थिए , निर्वाचन कार्यालयले गत बुधवारका दिनमा मालिका माविमा नमुना मतदान स्टल राखेर मतदात गर्न लगाएपछि मत बदर नहुने विश्वास गरेको छु ।,,नमुना मतदान केन्द्रबाट मतदान गर्न सिक्ने गरेर जिल्लाका अधिकाशंले मतदान गरेका हुन् ।
शिक्षाका मुद्दा प्राथमिकतामा
नेपालको संविधानले दिएको माध्यमिक तहको शिक्षाको अधिकारलाई स्थानीय तहले सही सदुपयोग गर्न नसकेको आरोप लागिरहेको बेला मुख्य राजनीतिक दलले फेरि शिक्षाका मुद्दालाई प्राथमिकतामा राखेका छन् । ती दलले सार्वजनिक गरेको चुनावी घोषणापत्रमार्फत यस्तो प्रतिबद्धता अगाडि सारेका छन् ।
सत्ता गठबन्धन दलका कार्यकर्तावीच झडप हुँदा हवाईफायर
जिल्लाको कुशे गाउँपालिकामा चुनावी प्रचारप्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ता विच झडप हुँदा प्रहरीले हवाईफायर गरेको छ ।
बत्तीस दललाई स्पष्टीकरण
प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक
कैलालीमा पाँच पालिका प्रमुख र दुई उपप्रमुख दोहोरिने दाउमा
स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भइ कैलालीमा पाँच वर्षसम्म पालिका चलाइ सक्नु भएका पाँच जना निवर्तमान प्रमुख पुनः सोही पद्मा दोहोरिने दाउमा हुनुहुन्छ ।
उम्मेदवारको करार नामा गराउदै दैलेखका मतदाता
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका देशभरि नै जनमत आफ्नो पक्षमा पार्न दलहरुले चुनावी सभा र घरदैलो कार्यक्रममा तिव्रता दिएका छन् । तर दैलेखको भैरवी गाउँपालिका सचेत मतदाता भने हजुर भोट किन दिने भनेर गाउँपालिकाबाट उम्मेदवार बनेका विभिन्न दलका प्रतिनिधीलाई भेला गराई प्रतिवद्धता सहित करार नामा गरि औँठाछाप गर्न लगाएका छन् ।
राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको होः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलबीच गठबन्धन भएको बताउनुभएको छ।
राष्ट्रपति भण्डारीसँग निर्वाचन आयोग पदाधिकारीको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचनआयोग पदाधिकारीहरुले भेट गर्नुभएको छ । बुधबार शितल निवासमा राष्ट्रपति भण्डारीले पदाधिकारीहरुसँगको भेटमा यही वैशाख ३० गते आयोजना हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राख्नु भएको थियो ।
तारकेश्वर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा
काठमाडौं, वैशाख २१ गते। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरस्तरीय घरदैलो अभियान सुरु भएको छ। निर्वाचन आचारसंहिताको पालना गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। मतदाताको घरदैलोमा पुगेर उम्मेदवारले मत माग्ने कार्य गरिरहेका छन्। आ-आफ्नो योजनाका साथ उम्मेदवार चुनावी घरदैलो अभियान रहेका छन्। यस नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर बोहरा, नेपाली कांग्रेसका हरिकृष्ण महर्जन, नेकपा (एकीकृत समाजवादी) का लवकुमार बस्नेत नगर प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसैगरी, जनता समाजवादी पार्टीका बाबुराम लामा, विवेकशील साझा पार्टीका महेशविक्रम कुँवर, नेपाल मजदुर किसान पार्टीका कुमार महर्जनसहित उम्मेदवार चुनावी मैदानमा छन्। नगरमा केही स्वतन्त्र उम्मेदवार छन्। उपप्रमुख पदमा एमालेका भवानी डोटेल धिताल, कांग्रेसका सिर्जना बुर्लाकोटी अर्याल, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन चुनावी मैदानमा हुनुहुन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सीमा राजवहाक, नेपाल मजदुर किसान पार्टीका इन्द्रकुमार बज्राचार्य उपप्रमुख पदमा उम्मेदवार हुनुभएको छ। यस नगरपालिकामा नेकपा समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेदवार धनलाल महर्जनले कार्यालय व्यवस्थापन, पार्टी प्रवेश र मत माग्नेलगायतको कार्यक्रम भइरहेको बताउनुभयो। चुनावी तालमेलबाट आफ्नो समूहको विजय सुनिश्चित भएको दाबी महर्जनको छ। दुई दलले कतिपय वडामा चुनावी तालमेल पनि गरेका छन्। घरदैलो अभियान ठूलो वडामा दुई दिन र सानो वडामा एक दिनमै सक्ने तयारी गरिएको पनि महर्जनले जानकारी दिनुभयो। कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जनका अनुसार, घर घरमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रम जारी रहेको बताउनुभयो। यस नगरमा ११ वटा वडा रहेकाले क्रमशः कार्यक्रम अगाडि बढेको जानकारी दिनुभयो। जनताको विश्वास बढेकाले चुनाव जित्ने दाबी उहाँले गर्नुभयो। कांग्रेसबाटै उपप्रमुख पदका उम्मेदवार रहनुभएकी सिर्जना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनासहित अगाडि बढेको सुनाउनुुभयो। यस नगरमा पानीको समस्या रहेकाले त्यसलाई मुख्य मुद्दा बनाइएको छ भन्दै उहाँले नगरवासीले खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात राम्रो बनाउन सल्लाह सुझाव दिएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रामेश्वर बोहराले पनि अन्य पार्टीजस्तै गरी घरदैलौ अभियान सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो अभियान सुरु गरेका छौँ। आजबाट कार्यकर्ताले जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।’’ यसअघि पनि प्रमुख पदमा विजयी हुनुभएका बोहराले भन्नुभयो, ‘‘यस पटक तारकेश्वरमा विजय हासिल गर्ने हो, एमाले विजय भएपछि यो ठाउँको मुहार फेरिने छ, हाम्रो विभिन्न काम गर्ने योजना छ।’’ कला र संस्कृतिले भरिपूर्ण तारकेश्वर नगरपालिकामा विभिन्न सम्भावनाको खोजी गरी जनतालाई रोजगारी दिने लक्ष्यसमेत रहेको भनाइ उहाँको छ। यसैबीच, काँग्रेसका वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार हस्तबहादुर गुरुङसहितको वडाका उम्मेदवारले आफूले जितेमा गर्ने कार्यहरूको सङ्कल्प पत्रसहित मतदातासँग पुगेको जानकारी दिनुभयो। उता, सो वडामा एमालेले पहिलेकै वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको समूहलाई पुनः टिकट दिएको छ। श्रेष्ठको टोलीले पनि घरदैलो अभियान सुरु गरेको छ। नेकपा (माओवादी) केन्द्रले ४ नम्बर वडामा हरिशरण गिरी ‘मिलन’ र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजकुमार बोगटीलाई वडा अध्यक्ष पदमा उठाएको छ। सोही वडाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सदस्य पदका उम्मेदवार सीताराम सञ्जेलले पार्टीको सल्लाह अनुसार, विकासलाई निरन्तरता दिन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अघि बढ्ने बताउनुभयो। उहाँले सबैभन्दा पहिले जनतालाई पानी खुवाउनुपर्ने आवश्यकता आफूले देखेको बताउनुभयो। तारकेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा एमालेले एउटा वडा अध्यक्षबाहेक सबैमा विजयी हासिल गरेको थियो। कांग्रेसले एउटा वडामा अध्यक्ष जितेको थियो। प्रमुख पदमा कांग्रेस दोस्रो र माओवादीको प्रमुख पदका उम्मेदवारले तेस्रो मत प्राप्त गरेका थिए। एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेकाले यस पटकको निर्वाचनमा एमाले, कांग्रेस र समाजवादी पार्टीका प्रमुख पदमा त्रिपक्षीय उच्च प्रतिस्पर्धा हुने देखिएको छ। उपप्रमुखका पदमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान स्थानीय मतदाताको छ।