सहमतिमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।
मधेश सरकारद्वारा शहीद परिवारलाई छात्रवृत्ति र भरणपोषण भत्ता दिइने
मधेश सरकारले शहीद परिवारलाई भरणपोषण वापत मासिक २१ हजार रुपियाँ दिने भएको छ । भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम जनआन्दालेन, जनयुद्ध र मधेश आन्दोलनका शहीद परिवारलाई मासिक २१ हजार रुपियाँका दरले सो रकम दिने निर्णय गरेको हो ।
हाम्रो पात्रोले सुरु गर्यो ई–लर्निङ् प्लेटफर्म
आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ ।
कृषिका विद्यार्थीले मनाए धान दिवस
बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
५० लाखको विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।
पुस्तक नपुगेपछि वैकल्पिक विधिबाट पठनपाठन
पाठ्यपुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठन पाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाई सुचारु राख्न वैकल्पिक बिधि अपनाएका हुन् ।
काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम
काठमाडौं विश्वविद्यालय (केयू)ले मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
आमसञ्चारमा जबजको दृष्टिकोण विषयक अन्तरक्रिया सम्पन्न
रेडियो श्वेत शार्दूलले आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा सोमबार विहान जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौंले मातृभाषामा पत्रकारिताको अवस्था विषयक एकदिने मातृभाषी पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मातृभाषी पत्रकार तथा विज्ञहरुले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।