इन्टरनेट नचले क्षतिपूर्ति पाइने
इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो । यस्तो व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
बजेट अभावले जीटुजीको मल नआउने
मल आयात गर्न नेपाल र भारत सरकार (जीटुजी)बीच सम्झौताअनुसारको दोस्रो चरणको रासायनिक मल तत्काल नआउने भएको छ । बजेट अभावका कारण जीटुजीको मल आयात गर्न नसकिने भएको हो । पहिलो चरणको ३० हजार छ सय मेट्रिक टन मल आयात भए पनि बाँकी मल तत्काल आयात नहुने देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजीअन्तर्गतको मल आयात गर्न अग्रिम रकम भुक्तानी गर्नुपर्ने हुँदा बजेट अभावले तत्काल आयात गर्न नसकिने बताउनुभयो ।
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ।
काठमाडौंमा सवारी पार्किङ्, चर्को शुल्क असुल्दै निजी व्यापारी
काठमाडौं महानगरले उपत्यकामा पार्किङ् हटाएपछि निजी व्यावसायीले पार्किङमा मनोमानी गर्ने गरेका छन् ।महानगरका मेयर बालेन्द्र साहले पार्किङ् हटाएपछि व्यावसायीले आफुखुसी शुल्क लिनेगरेका छन् ।
बालेन्द्र शाहलाई मेट्रोरेलको नेतृत्व लिन चिरिबाबु महर्जनको अनुरोध
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।
ठूला र उच्च घरानाहरूले सहुलियतपूर्ण ऋण समेत कब्जा गरेका छन्: मेटमणि चौधरी
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।
आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बकाे बजेट सीमा
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब ४५ अर्ब रुपियाँको खर्च सीमा निर्धारण गरेको थियो तर सरकारले उक्त सीमा नाघेर चालू आर्थिक वर्षको बजेट विनियोजन गरेको थियो ।
चार खाद्यवस्तुको मापदण्ड तयार
सरकारले विभिन्न प्रकारका खाद्यान्नको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । बजारमा मापदण्ड पूरा नगरी खाद्य तथा खाद्यजन्य पदार्थको बिक्री हुन सक्ने हुँदा त्यसको नियमन र व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो । मापदण्ड भएपछि बजारमा वितरण कमसल, न्यून गुणस्तरको खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न चार प्रकारका खाद्यान्नको मापदण्ड तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्ले हालै ती मापदण्ड स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो ।
हवाई मार्गबाट ढुवानी गरी बिरुवा वितरण
जुम्लाबाट खरिद गरिएका स्याउ र ओखरका कलमी बिरुवा नेपालगञ्ज हुँदै हवाई मार्गबाट हुम्ला ल्याइएको छ । पैदल मार्गबाट ढुवानी गर्न धेरै समय लाग्ने भएपछि महँगो हवाई भाडा तिरेर हुम्लामा ओसारिएका हुन् । खार्पुनाथ गाउँपालिकाले किसानलाई वितरण गर्न यी बिरुवा ल्याएको हो । सो गाउँपालिकाको कृषि शाखाका प्रमुख हर्कवीर रावलले जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका बिरुवा नेपालगञ्ज पु-याएर हवाई मार्गबाट हुम्ला ढुवानी गरिएको बताउनुभयो ।
सहकारीका समस्या समाधान गर्न पहल
झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर तुलसी सहकारीले आफ्नो सेवा केन्द्र नै बन्द गरेको छ भने अन्य सहकारी संस्थामा समेत रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढ्न थालेको छ ।
बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ । चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।
वैदेशिक रोजगार बचतपत्र बिक्री गरिँदै
वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’को ब्याजदर १२ दशमलव ५० प्रतिशत तोकिएको छ ।
‘सहुलियतपूर्ण ऋणमा ठूला र उच्च घरानाको कब्जा’
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियपूर्ण ऋण समेत ठूला र उच्च घरानाले गरेको बताउनुभएको छ ।
तीन वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ।
आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो
राष्ट्रिय योजना आयोगले मध्यकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।
लुम्बिनीबाट एक करोड १७ लाख विदेशी मुद्रा सटही गरिने
लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत सङ्कलित विदेशी मुद्रा अब सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो ।
बर्डफ्लुपीडित किसानले क्षतिपूर्ति पाउने
बर्डफ्लु रोगको सङ्क्रमण रोक्न नष्ट गरिएका पन्छी र पन्छीजन्य वस्तुको क्षतिपूर्ति किसानले पाउने भएका छन् । गत वर्षको माघ १३ गतेयता क्षतिपूर्ति नपाएका २९९ किसानलाई सरकारले ५८ करोड ५२ लाख रुपियाँ बराबरको क्षतिपूर्ति तथा राहत रकम दिने भएको हो । बर्डफ्लु रोग नियन्त्रणका क्रम
कर्णालीको बजेट खर्च सोह्र प्रतिशत
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा १६ प्रतिशत बजेट खर्च गरेको छ । आव २०७९/८० को साउनदेखि माघसम्ममा चालू र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । पुस मसान्तसम्म १३ दशमलव ४ प्रतिशत बजेट खर्च भएको थियो ।
चौबीस युवाको उद्धार
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो ।
भारत जाने कामदारको निःशुल्क दुर्घटना बीमा
बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ । पाटन नगरपालिका र स्थानीय साझेदार संस्था रुडेस बैतडीले भारतमा काम गर्न जाने मजदुरको पाँचदेखि सात लाख रुपियाँसम्मको निःशुल्क बीमा सुरु गरेको हो । बिहीबारदेखि वडास्तरमै गएर बीमा गर्न नगरपालिकाले टोली नै खटाएको पाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । बिहीबार पाटन नगरपालिका–६ मा खटिएको टोलीले भारतमा कम गर्न जाने कामदारको निःशुल्क बीमा भर्न थालेपछि एकै दिन २५० जनाले दुर्घटना बीमाको फाराम भरेको उहाँले जानकारी दिनुभयो ।
दुई करोडसम्मको कर्जामा पुनर्तालिकीकरण सुविधा
नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग व्यवसायमा प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका, २०७९ मा संशोधन तथा परिमार्जन गरेर सो व्यवस्था गरेको हो ।
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
कोइलाको अभाव भएपछि बन्द भएकाे हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन ।
कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित
झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् ।