रारा विमानस्थलको टर्मिनल भवन वर्षौँदेखि अलपत्र हुँदा उडानमा समस्या
लामो समय देखि अलपत्र रहेको रारा विमानस्थलको ट्रस टर्मिनल भवन अझै निर्माण सम्पन्न नहुँदा उडान प्रभावित बन्दै आएको छ । गत वर्षनै निर्माण सम्पन्न हुनु पर्ने भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनको बदमासीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ ।
दुई कपडा पसलमा छापा
राजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो ।
कृषि उद्यम प्रवद्र्धन गर्न ‘एक्सिलेटर’ कार्यक्रम
प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचमहिने ‘एक्सिलेटर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । लगानी आकर्षित गर्ने लक्ष्यसहित बढी सम्भावना भएको कृषि क्षेत्रमा काम गरिरहेका व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
अर्थतन्त्रको संरचनात्मक सुधारमा जोड
अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि संरचनात्मक सुधारमै केन्द्रित हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नेपाल चेम्बर अफ कमर्सले राजधानीमा बुधबार आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक छलफल कार्यक्रममा उनीहरूले लामो समयदेखि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न संरचनात्मक परिवर्तन नै जरुरी रहेको बताएका हुन् । खर्चको समुचित प्रयोग बढाउने र अनावश्यक खर्च कटौती गर्ने तथा राजस्व वृद्धिका लागि उत्पादन बढाउने र भन्सार प्रणालीलाई चुस्त बनाउने गरी सुधारको दीर्घकालीन योजना अबको आवश्यकता रहेको उनीहरूको भनाइ थियो ।
काठमाडौँ–बेइजिङ सिधा उडान
झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ ।
रोजगारी सिर्जना मुख्य लक्ष्य
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । मन्त्री भण्डारीले बुधबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग रोजगारीको अभावमा पलायन भइरहेका जनशक्ति रोक्नुपर्ने आवश्यकतामा जोड दिँदै औद्योगिक विकासबाट मात्रै स्वदेशमा रोजगारीका अवसर सिर्जना सम्भव भएकाले परिसङ्घसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो । परिसङ्घको टोलीले मन्त्री भण्डारीसँग उद्योगी व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको थियो ।
छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म)मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् ।
आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ
छ सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु. छ सयले घटेको छ ।
इन्धनको मूल्य यथावत्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १६ जनवरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको प्रतिलिटर दुई रुपियाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।
कृषि बीमा डिजिटलाइज गरिने
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले पशुपन्छी बीमा अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न सफ्टवेयरमार्फत बीमा गर्ने र कृषकको विवरण राख्ने निर्णय गर्नुभएको छ । मङ्गलबार कृषि तथा पशुपन्छी विकासमन्त्रीको पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो ।
पचहत्तर सय टन युरिया आयात
नेपाल र भारत सरकारबीच भएको सम्झौता (जीटुजी)अनुसारको सात हजार पाँच सय टन रासायनिक मल भित्रिएको छ । पहिलो चरणमा ३० हजार टनमध्येको मङ्गलबारसम्म सात हजार पाँच टन युरिया भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने प्रतिबद्धता
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मङ्गलबार मन्त्रालयमा पदबहालीपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रममन्त्री अर्यालले नेपालमै रोजगारी सिर्जना गरी बाध्यात्मक रूपमा विदेश जाने अवस्थाको न्यूनीकरण गरेर शून्यमा पु-याउने बताउनुभयो ।
कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा घटाइएको छ । कोरियन एयरलाइन्स र नेपाल सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली श्रमिकको हवाई भाडा घटेको हो ।
वाणिज्य नीति पुनरवलोकन गरिने
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहणका क्रममा वाणिज्य नीति पुनरवलोकन गर्ने पहिलो निर्णय गर्नुभएको छ । मन्त्री भण्डारीले उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने मूख्य चुनौती रहेको बताउनुभयो । विश्व बजारमा नेपाली सामग्रीलाई प्रतिस्पर्धी बनाई अघि बढाउनुपर्ने मन्त्री भण्डारीले बताउनुभयो । मन्त्रालयमा चुनौतीका चाङ रहेको बताउँदै मन्त्री भण्डारीले साझा मुद्दामा सहमति गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व
आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा त्यसको ६६.५ प्रतिशत मात्र राजस्व उठेको हो । यद्यपि विभागले भने विषम अवस्थाका बीच पनि ७१ अर्ब रुपियाँ राजस्व उठ्नु सुखद भएको जनाएको छ ।
नेप्से परिसूचक ३२.७२ अङ्कले वृद्धि
साताको पहिलो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक ३२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२.७२ अङ्क बढेर २१८२.११ बिन्दुमा पुगेको हो ।
सुनको मूल्य एक लाख पाँच हजार एक सय
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।
कालिञ्चोक दर्शन आइपिओ खुला
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
सटही नहुँदा विदेशी मुद्रा बेकामे
विदेशी पर्यटकले नेपाल बसाइका क्रममा विभिन्न तरिकाले यहाँ छाडेका विदेशी मुद्राको सटहीसम्बन्धी व्यवस्थापन हुन नसक्दा त्यस्तो मुद्रा बेकामे बन्ने गरेको छ । पर्यटकीय तथा धार्मिक स्थलमा दान तथा अन्य हस्तान्तरणमार्फत प्राप्त त्यस्ता मुद्राको नेपालमा सटही सुविधा प्राप्त नहुँदा ती मुद्रा मूल्यहीन बनेर थन्किएका हुन् ।
ताप्लेजुङ–भद्रपुरमा उडान थप
ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।
कालीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तिम चरणमा
बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् नवलपरासीको भूमही (बडेरा)को सबस्टेसनसम्म पु-याउनका लागि बन्दै गरेको कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बैङ्कहरूको सम्पत्ति तथा दायित्व वृद्धि न्यून
आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति तथा दायित्व विस्तारको गति कम भएको पाइएको छ ।
सुनकोसीको जलयात्रा अफ सिजनमै आकर्षक
सुनकोसी नदीमा जलयात्रा व्यवसायको बलियो सम्भावना देखिएको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोटमा रहेका होटलले सञ्चालन गरेको सुनकोसी नदी जलयात्रा (-याफ्टिङ) गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।