एमबाप्पे चम्किएपछि फ्रान्स नकआउट चरणमा
केलियन एमबाप्पे चम्किएपछि फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
साउदी अरबविरुद्ध पोल्यान्ड विजयी
समूह ‘सी’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हरायो ।
अष्ट्रेलियाको पहिलो जित
अष्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अल जनोब स्टेडियममा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई १–० गोलले हरायो ।
आयोजक कतारको लगातार दोस्रो हार
आयोजक कतारले फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार खेपेको छ । समूह ‘ए’ अन्तर्गत अल थुमामा स्टेडियममा शुक्रबार साँझ भएको खेलमा कतार सेनेगलसँग ३-१ गोलले पराजित भयो ।
पहिलो हाफमा कतार १–० ले पछाडि
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलको पहिलो हाफमा सेनेगलले आयोजक कतारमाथि १–० गोलको अग्रता लिएको छ ।
हेरिटेज प्याजेन्टस्मा नेपालकी परिन्दा र परिसालाई अवार्ड
हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनलमा नेपालका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटलाई विधागत अवार्ड प्राप्त गर्नुभएको छ ।
इन्जुरी समयको अन्तिममा इरानको दुई गोल, वेल्स स्तब्ध
इरानले कतारमा जारी विश्वकप फुटबलमा १० खेलाडीको वेल्समाथि इन्जुरी समयको अन्तिम समयमा दुई गोल गर्दै सानदार जित निकालेको छ । अहमेद विन अली स्टेडियममा शुक्रबार साँझ भएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो ।
रोनाल्डोले रच्नुभो पाँचौं विश्वकपसम्म गोल गर्ने खेलाडीको कीर्तिमान
कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपको पाँचौं संस्करणसम्म गोल गर्ने खेलाडीको कीर्तिमान बनाएसँगै कतार विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको समूह ‘एच’ को खेलमा पोर्चुगलले अफ्रिकी देश घानालाई ३-२ गोलले हरायो ।
उरुग्वे र दक्षिण कोरिया बराबरीमा रोकिए
उरुग्वे र दक्षिण कोरियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।