• ८ वैशाख २०८१, शनिबार

इन्जुरी समयको अन्तिममा इरानको दुई गोल, वेल्स स्तब्ध

blog

वेल्सविरुद्ध गोल गर्दै इरानका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ९ गते । इरानले कतारमा जारी विश्वकप फुटबलमा १० खेलाडीको वेल्समाथि इन्जुरी समयको अन्तिम समयमा दुई गोल गर्दै सानदार जित निकालेको छ । अहमेद विन अली स्टेडियममा शुक्रबार साँझ भएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो ।

रोचक खेलको ८६औं मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसी रातो कार्ड पाउँदै बाहिरिएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इरानका स्ट्राइकरलाई डिबकस बाहिर आएर लडाएपछि रेफ्रीले भिएआरको सहायतामा हेनेसीलाई रातो कार्ड देखाएका थिए । 

त्यसपछि जोसिएको इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा रुज्बेह चेस्मीले गोल गर्दै इरानको उत्साह जगाउनुभयो । उहाँले डिबक्स बाहिरबाट सोझै गोल गर्नुभएको थियो । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा काउन्टर अट्याकमा रमिन रेजानले गोल गर्दे इरानलाई जिताउनुभयो ।


यससँगै इरानले समूह ‘बी’ मा दुई खेलबाट तीन अंक बनाएको छ । इरानले अघिल्लो चरणमा पुग्ने सम्भावना समेत जिवित राखेको छ । पहिलो खेलमा इरान इङ्ल्यान्डसँग ६–२ गोलले पराजित भएको थियो । समूहमा इङ्ल्यान्डको पनि तीन अंक छ ।

इङ्ल्यान्डले दोस्रो खेलमा आजै राति १२:४५ बजे अमेरिकाको सामना गर्नेछ । वेल्स र अमेरिकाको एक एक अंक छ । समूहको पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । एजेन्सी