रोडिकोटमा भेटियो तिब्बती भाषाको शिलापत्र
सर्केगार्ड गाउँपालिका –७ को रोडिकोट गाउँको धान रोप्ने खेतमा तिब्बती भाषाको शिलापत्र भेटिएको छ । खेत किनारको भत्किएको ढुुङ्गाको पर्खालमा सो शिलापत्र भेटिएको हो ।
चिटिक्क बेनीको कोतघर
सदरमुकाम बेनीस्थित पुरानो कोतघरको पुननिर्माण गरिएको छ । संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुनरनिर्माण गरिएपछि चिटिक्क बनेको हो ।
सिथी नखःमा पानीकाे स्राेत सफा हुँदै
नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा याे पर्व मनाइन्छ ।
राष्ट्रपति भण्डारीद्वारा भोटो जात्राको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ।
भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने
काठमाडौं उपत्यकामा आज राताे मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालकाे देवता राताे मच्छिन्द्रनाथकाे जात्राकाे अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहने बताइएकाे छ ।
हजारौं वर्षदेखि मनाइने पानी दिवस : ‘सिथी नखः’
गीता श्रेष्ठनेपाली संस्कृति, सामाजिक संस्कार र तिथी–पर्वहरुले मानव समाजको कल्याणका लागि स्थापित गरेका मान्यताहरु ओझेलमा परेका छन् । आजभोलि चाडपर्वहरु परम्परा निर्वाहमा खम्चिएर भोज–भतेर खानुमै सीमित भएको छ । हरेक चाडपर्व प्रकृति र मानव सभ्यता अनि सामुदायिक हितमा केन्द्रित रहेका छन् भन्ने दृष्टान्त वा व्याख्या–विश्लेषण नहुँदा चाड पर्वहरुलाई पुरातनपन्थका रुपमा समेत अथ्र्याउन थालिएको छ । दशैं होस् कि तिहार, छठ होस् कि माघे संक्रान्ति वा साउने संक्रान्ति– यिनको आफ्नै मौलिक विशेषता छन् र यी पर्वहरु मनाउनुको अर्थ आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि यी पर्वहरु मानव स्वास्थ्य, समाज र सृष्टि संरचनाको रक्षा र निरन्तर सक्रियताकै लागि मनाइएका हुन् । हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । यो पर्व खासमा पानीको मुहान सफा गर्ने पर्व सदियांैदेखि चलिआएको छ । आज विश्वले पानी दिवस मनाउनुपर्ने भन्दै औपचारिक दिवस मनाइरहँदा हाम्रा परम्परामा पानी संरक्षण र शुद्ध पानीको अभियान हजारौं वर्षदेखि नै चलिआएको प्रथालाई बुझ्नै सकेनौं र यस्ता महान अभियानलाई ओझेलमा पारिरहेका छौँ ।नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता भन्नु नै पानीका मुहान र स्रोत सरसफाई गर्नु हो । आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमा धारा र जारमा भरिएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । किनभने यो एक सांस्कृतिक पर्व हो र नेपालमा लिच्छविकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविद्हरु बताउँछन् ।उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने धेरै पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वहरु नेवारको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाई गर्ने गरिन्छ । केहीले यही दिनमा कुलदेवताको पूजा पनि गर्दछन् ।केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आ–आफ्ना टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरीआदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षायाम सुरु हुने बेला पर्ने सिथी नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुन्छ ।किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान खाने चलन छ ।खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रूपमा समेत यसलाई लिन सकिने संस्कतिविद्हरु बताउँछन् । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिथी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने उनीहरुको चलन छ । जसरी साउने संक्रान्तिमा क्वाटी खानु, माघे संक्रान्तिमा घीउ चाकु खानु शरीरमा तागत बढाउन र रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि हो ।पानीको पूजा आराधना गरी यसै दिनदेखि रोपाईको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । कुनै पनि चाडपर्व, जात्राहरुको मूल उद्देश्य भोजभतेर खानु मात्र कदापी हैन, हामीले चाडपर्व मनाउँदा यसको तात्विक अर्थ र महत्व बुझ्न जरुरी छ । आजको पुस्तालाई यस्ता पर्वहरुको विशेषता र मौलिकता अनि विश्वमा प्रचलनमा रहेका अभ्यासहरुको तुलना गरेर संस्कृति संरक्षणमा जागरुक पनि बनाउनु आवश्यक छ । पर्वहरुको विशेषता नै हाम्रो सभ्यताको चिनारी हो र हाम्रो संस्कृति नै हाम्रो सम्पत्ति हो भन्ने मान्यताको विकास गर्नुपर्ने समय आइसकेको छ । हामीले मनाउने हरेक चाडपर्वहरुलाई वैज्ञानिक पक्षबाट हेर्ने, बुझ्ने र बुझाउने काम गर्न अब ढिला भैसकेको छ । संस्कृति मासिनु भनेको मानिसको चिनारी हराउनु हो । उसको आफ्नो मौलिकता गुमाउनु हो । अझ वैदिककालसम्म जोडिएको नेपालका हरेक जातजाति, क्षेत्र, सम्प्रदायले मनाउने चाडपर्वहरु समग्र मानवहितमा समर्पित छन् र यिनको एउटै मात्र उद्देश्य मानव स्वास्थ्य, वातावरण संरक्षण र प्रकृति रक्षा हो भन्ने मान्यता पुनःस्थापित गर्नुपर्दछ । किनभने, नेपालको हरेक चाडपर्व प्रकृति संरक्षण र मानव हितमा समर्पित छ । यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सँधै सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौँ ।अरुले भनिदिएको सबै राम्रो मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौँ । नेपालमा रहेका हरेक जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छाँै ।हाम्रा चाडपर्व र संस्कृति कति वैज्ञानिक र दूरदृष्टिकोणले युक्त रहेका छनु भन्ने तथ्य सिथी नखः र आज देखापरेको पानीको समस्याले नै स्पष्ट गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा दुई अर्ब भन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । झण्डै पौने दुई अर्ब मानिस फोहोर र मानव मलको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाईका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । यो अहिलेको समस्या नेपाली समाजले हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाईको अभियान चलाउन धार्मिक मान्यता र संस्कार स्थापित गरियो– ‘सिथी नखः’का रुपमा ।विश्वमा तीव्रगतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । अझ तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने समेत बताउन थालिएको छ । यस्तो चिन्ताजनक भविष्य वाणीकाबीच जलस्रोतमा धनी, जैविक विविधतालेयुक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र यसका वैज्ञानिक पक्षहरुका प्रचारप्रसार हुनु जरुरी छ ।
हराउन थाल्यो गाउँघरका महिलाले खोपाउने ‘गोदना’
धनुषाको दक्षिणी सीमान्त नगरपालिका नगराइनकी ६५ वर्षीया ममता यादवले नाडीमा आफ्नो नामसँगै श्रीमान् प्रमोदको नाम खोपाउनुभएको छ । तीन छोराछोरीकी आमा भइसकेपछि गाउँमै उहाँले नाडीमा श्रीमान्को नाम खोप्नुभएको हो ।
रातो मछिन्द्रनाथको रथ-यात्रा सकियो (फोटो फिचर)
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
मिथिलानी बर्साइत पर्व मनाइँदै
विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ ।