गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ
लागूऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकलाई मोरङ प्रहरीले मङ्गलबार गोली प्रहार गरी पक्राउ गरेको छ ।
सेयर रकम हिनामिना : प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेसलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरूलाई पक्राउ गरेको हो ।
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं.२०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् ।
करछलीको ८९ लाख मूल्यको मुस्ताङ गोल्ड रक्सी बरामद
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले बिल बिजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्
सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९÷८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
खैरो हिरोइनसहित दुई जना पक्राउ
ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
बालबालिकालाई अश्लील क्रियाकलापमा सङ्लन्न गराउने युवती पक्राउ
प्रहरीले बालबालिकालाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराउने भनी अश्लील क्रियाकलापमा सङ्लन्न गराउने १९ वर्षीय अञ्जली अधिकारीलाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन हुनुभएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ
सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
अनलाइन सट्टेबाजीमा दुई अर्ब एक करोड अवैध कारोबार गर्ने पक्राउ
प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
टर्की पठाउने भनी चार करोड ३४ लाख ठगी गर्ने पक्राउ
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड रुपियाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो ।
पौडेलविरुद्ध तेस्रो मुद्दा दायर, चौथोको तयारी
सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत माघ १० गतेदेखि आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको आयोगले पौडेलविरुद्ध चौथो मुद्दा पनि दायर गर्ने तयारी गरिरहेको छ । आइतबार विशेष अदालत काठमाडौँमा दायर गरिएको भ्रष्टाचार मुद्दा सुरक्षण प्रेसका लागि आवश्यक पर्ने सफ्टवेयर तथा अन्य सामग्री खरिद गर्ने क्रममा आर्थिक अनियमितता गरेको विषयसँग सम्बन्धित छ । २०७७ साल फागुनमा दर्ता भएको उजुरीको गहिरो अनुसन्धानपछि यो मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
हत्यामा संलग्न अभियुक्त पक्राउ
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षागार्ड परशुराम फुयाँलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सुरक्षण मुद्रणमा ४० करोड भ्रष्टाचार : कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले लागूऔषध खैरो हिराइनसहित दुई जनालाई पक्राउ गरेको छ। मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्वपश्चिम लोकमार्गबाट ४.२ ग्राम लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको ६ लाख ६८ हजार नगदसहित एक पक्राउ
महोत्तरीको मटिहानीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
स्पा सञ्चालकसहित छ जना पक्राउ
अनैतिक क्रियाकलाप गरेको आरोपमा कैलाली प्रहरीले स्पा सञ्चालकसहित छ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ चौराहास्थित सुदूरपश्चिम स्पा सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौंमा धिमालको हत्या, चार जना पक्राउ
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
दाङमा दुई महिलाको हत्या
दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।