सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
लागूऔषधसहित एक युवक पक्राउ
तनहुँमा प्रहरीले दुई किलो गाजाँसहित एक युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ड्युटीमा खटिएको प्रहरी टोलीले युवालाई पक्राउ गरेको हो ।
दाइको हत्या अभियोगमा भाइ पक्राउ
जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ ।
वित्तीय अपराधको प्रभावकारी नियन्त्रण
सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने भएको छ ।
छात्रालाई करणी गर्न खोज्ने युवक पक्राउ
ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २० वर्षीय बिक्रम तामाङ पक्राउ परेका हुन् ।
गोरु हत्या अभियोगमा दुई पक्राउ
पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जुवाको खालबाट २२ जना पक्राउ
नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै
सङ्घीय राजधानी काठमाडौँ उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् ।
सडेको अवस्थामा बेवारिसे शव फेला
ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरूप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’स्थापना गरेको छ ।
सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६२ करोडको भ्रष्टाचार मुद्दा
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध गैरकानुनी ६२ करोड १९ लाख १८ हजार ६८४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण
जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।
अनुसन्धान गर्न पाँच दिन समय थप
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएकामध्ये पाँच जना पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको बताउनुभएको हो ।
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।
महाभारत गाउँपालिकामा दम्पतीको हत्या
काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय अन्दाजी ६० बर्षका मानबहादुर बल र उहाँकी ५० बर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा फेला पर्नुभएको हो ।
कोठाभाडा तिर्न नसक्दा...
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा आज बिहान मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।
अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपी १५ वर्षपछि पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन प्रशासकीय अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानी हत्या गर्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ बलुवा निवासी प्रेम गिरी १५ वर्षपछि पक्राउ गरेका छन् ।
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ
चितवन, जेठ ८ गते । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी छन् ।उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ । पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार छन् । पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ १() को (क) र दफा २६ (१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ । उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिनुभयो । रासस
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
जलेश्वरस्थित कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी
जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् ।
सुन लुटपाट गर्ने दुई पक्राउ
नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।
नौ वटा मोटरसाइकलसहित चार पक्राउ
बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो ।
मालपोतका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।