सुकुम्बासी बस्ती, सधैँको सास्ती
काठमाडौँ महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्नुहुन्छ । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिँड्नुहुन्छ । ठाउँठाउँमा सडक बिग्रिएका कारण दैनिक सामान्य दुर्घटनाको प्रत्यक्षदर्शी बन्नुपरेको उहाँ सुनाउनुहुन्छ । रेग्मीले भन्नुभयो, “सबैभन्दा ठूलो समस्या अव्यवस्थित रूपमा बागमती नदी किनारमा रहेका घरटहरा हुन् । सुकुम्बासी बस्ती नदीका दुवै किनारमा छन्, खोला मिचेर निर्माण गरिएका घरटहराका कारण लामो जाम हुन्छ, सधैँ हैरानी भोग्नु परिरहेको छ ।”
सुन्दर बेगनास ताल
पोखरा महानगरपालिका–३१ लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल ।
म्यादी प्रहरीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन
काठमाडौं उपत्यकामा जम्मा एक हजार सात सय ट्राफिक प्रहरी रहेकामा अहिले चार सय मात्रै बाँकी छन् । एक हजार तीन सय ट्राफिक प्रहरी उपत्यका बाहिर गएपछि म्यादीको सहयोगमा उपत्यकाको सडक व्यवस्थापन हुँदै आएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौँ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ ।
देश विकासका लागि स्थिर सरकार आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
भोट माग्न उम्मेदवार गाउँतिर, नोट कमाउन युवा भारततिर
निर्वाचनमा भोट माग्न उम्मेदवारहरू गाउँगाउँमा पुग्न थालेको बेला बाजुराका अधिकांश युवा रोजगारीका लागि दिनानुदिन भारतमा जान थालेका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा
निर्वाचन आयोगले मङ्सिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।
कैलाली – ३ मा तीन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।
चुनाव नजिकिँदै गर्दा घरदैलोमा दलहरुको तीव्रता
मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
कर्मचारीलक्षित नमुना मतदान अभ्यास
प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो ।
युवामा मधुमेहको समस्या बढ्दै
चिकित्सकका अनुसार शरीरको रगतमा चिनीको मात्रा आवश्यक पर्छ । यदि रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भएमा मधुमेह हुने गर्छ ।
मतदातासँग भोट माग्न व्यस्त उम्मेदवारहरू [फोटो फिचर]
काठमाडौं, कात्तिक २८ गते । हलो जोतेर भोट माग्दै उम्मेवार थापा : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । मतदातासँग भेटघाट गर्दै उम्मेदवार : रामपुर नगरपालिका–८ स्थित भुजातमा मतदातासँग भेटघाट गर्दै पाल्पा क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार श्यामकान्त खनाल । एमाले अध्यक्ष ओली : नेकपा (एमाले) द्वारा सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्न वीरेन्द्रनगर आउनुभएका पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली । मन्त्री कार्की – जनगुनासो सुन्दै : सुनसरीको इनरुवा–४ मा चुनावी घरदैलो कार्यक्रममा आइतबार स्थानीयको गुनासो सुन्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की । कोणसभामा उम्मेदवार गुरुङ : स्याङ्जाको गल्याङमा आयोजित घरदैलो तथा कोणसभामा प्रतिबद्धता जनाउनुहुँदै काँग्रेसका केन्द्रीय उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ । घरदैलो कार्यक्रम : झापा क्षेत्र नं ५, प्रदेशसभा २ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गगन पुरी मतदातासँग मत माग्न घरदैलो जानुहुँदै ।घरदैलोमा पूर्व अर्थमन्त्री पाण्डे : चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे घरदैलोका क्रममा रत्ननगर नगरपालिका–१० का मतदातासँग भोट माग्दै । मतदातासँग मत माग्दै उम्मेदवार थापा : मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिरः रासस
उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही हुन्छ: निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिनुभएको छ । उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो ।
स्थानीयको योजना प्रदेशबाटै तय गरिँदा कार्यान्वयनमा समस्या
प्रदेश सरकारमार्फत आउने योजना मन्त्रालयबाटै तोकिएर आउँदा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लामा प्रत्येक वर्ष लाखौँ रकमको योजना मन्त्रालय बाट नै तोकिएर आउँदा ती योजनाहरू प्रभावकारी र दिगोपनामा समस्या देखिएको हो ।
निर्जीवन बीमा कम्पनीले आर्जन गरे एघार अर्ब शुल्क
मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।
उपत्यकाको चासो भक्तपुरमा
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
राजनीतिक दलका घोषणापत्रमा तीन तहको सम्बन्ध
आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका राजनीतिक दलहरूले तीनै तहको सम्बन्धलाई सुमधुर बनाउनका लागि अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाउने घोषणा गरेका छन। दलहरूले प्रदेश तहलाई विकास निर्माणको सहजकर्ता र स्थानीय तहलाई सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरेका छन।
मुस्ताङ जाने पर्यटक बढे
कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उहाँले भन्नुभयो । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिनुभयो ।
मरेको चितुवामा धामी जाग्दा...
डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ। स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन्। यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन सकेका छैनन्। शनिबार मरेको चितुवा फेला परेपछि त्यसमा धामीलाई सवार गराएर मन्दिर लगेका थिए। त्यसको सुरुवात भने अझै एक दुई दिनअघिकै हो। स्थानीयका अनुसार अजयमेरु गाउँपालिका–६, कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते शुक्रबार मेला लाग्यो। त्यसको अघिल्लो दिन बिहीबार रतेडी (राति लाग्ने) मेला लागेकोमा २५ गते दिउँसेडी (दिउँसो लाग्ने) मेला भव्यतासाथ सम्पन्न भयो। गाडेश्वरीमा आठ वर्षपछि पूजाआजासहित मेला लागेको हो।
सुकुम्बासी व्यवस्थापनमा सरकारी निकाय नै विभाजित
बागमती नदी किनारका अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारका दुई निकाय विभाजित हुँदा अन्योल थपिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय भूमि आयोग बागमती नदी अतिक्रमणको विषयमा विभाजित हुँदा यस्तो अवस्था आएको हो।
पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
‘यूएईसँगको सिरिज नेपालका लागि स्तर सुधार्ने मौका’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
पाँच दिनमा ५०३ वटा पराकम्प : सचेत रहन विज्ञको सुझाव
गएको मंगलबार रातीदेखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।