चितुवाको मुखबाट नाति थुत्ने हजुरआमा
बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन जानुभयो ।
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)
चैते दसैँको दिन शनिबार सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ ।
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताउनुभएको छ ।
खेलका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको माध्यमबाट पोखरा र गण्डकी प्रदेशकै पर्यटनको प्रवर्धन गर्न सकिने बताउनुभएको छ ।
निर्वाचन क्षेत्रमा रोजगारीका लागि निरन्तर पहल भइराखेको छ : सांसद आचार्य
नेकपा (एमाले) नेता एवम् पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले काठमाडौँको स्वार्थ केन्द्रित मानसिकता नफेरिएसम्म देश नबन्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिइ शनिबार) स्वदेश फर्कनुभएको छ ।
लामो समयसम्म वायु प्रदूषण रहे दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ
विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार पछिल्लो समय वायु प्रदूषण संसारकै सबै भन्दा ठुलो वातावरणीय स्वास्थ्य समस्याका रूपमा देखापरेको छ ।
एकसट्ठी करोडको खाद्यान्न आयात
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको छ ।
बाल्टिक समुद्रमा तैरिँदा तैरिँदै
स्विडेनको राजधानी स्टकहोममा जताततै ‘ट्युलिप’ र ‘ड्याफोडिल’ फूल फक्रिएका छन् । विकास र प्रकृतिको अनुपम मेल भएको यस स्थानमा स्थानीयहरू घमाइलोयाममा ऊर्जाशील जीवनयापन गरिरहेका देखिन्छन् ।
हुर्रिंदै हरिहरपुरगढी
बिहानै रापिलो घाम । २०८१ चैत १७ आइतबार चाउवेन बुढाथोकी र मोतीलाल बोट बिहानैदेखि यात्राको तय गर्दै थिए । सर्लाही जिल्लाको उत्तरपश्चिमी नगरपालिका बागमतीका बासिन्दा हामी
लागुपदार्थ दुर्व्यसन र कानुनको लडाइँ
व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा क्राेधको त्वरित उपचारप्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथसाथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।लागुपदार्थको व्यसन र दुर्व्यसन केही दशक पहिलेसम्म नैतिक समस्या र सामाजिक अनुत्तरदायित्वको लक्षण मानिन्थ्यो । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले खास खास प्रकारका वस्तुलाई लागुऔषधको परिभाषाभित्र समेटेर ती वस्तुको खेती, उत्पादन, तयारी, निर्माण, विक्री वितरण, निकासी वा पैठारी, ओसारपसार र सेवन गर्न निषेध गरी दण्डनीय बनाएपछि यो आपराधिक कार्य भएको छ । लागुपदार्थको व्यसनले व्यक्तिको शारीरिक प्रक्रिया र कार्य (प्रोसेस र फङ्सन) लाई परिवर्तन गरेर अल्पकालिक सुखद मनोदशा उत्पन्न गर्छ । यसको प्रयोग स्वास्थ्य र मनोसामाजिक दृष्टिले घातक भएकाले व्यसनीलाई दण्डित गरेर होइन विशेषज्ञद्वारा उपचारको आवश्यकता हुन्छ । मनोचिकत्सक, डाक्टर र सामाजिक कार्यकर्ताद्वारा व्यसनीको व्यक्तित्वको पुनः संरचनामा सहायता गरिनु पर्छ । सोबाहेकका लागुपदार्थको कारोबार वा तस्करीले आर्थिक उपार्जन गर्ने क्षेत्रमध्ये अवैध हातहतियारको तस्करीपछिको दोस्रो स्थान ओगटेको मानिन्छ । यो विशुद्ध आपराधिक कार्य भएकाले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कानुन र कानुन कार्यान्वयन गर्ने निकाय लागुपदार्थको सेवन र कारोबारलाई निवारण गर्न क्रियाशील रहँदै आएका छन् । पश्चिमा देशमा लागुपदार्थ दुरुपयोगलाई लामो समयदेखि महìवपूर्ण सामाजिक समस्याका रूपमा स्वीकार गरिँदै आएको थियो । नेपालमा विद्यमान कानुनको तुलनामा नरम व्यवस्था थियो । अहिले पनि गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपियाँसम्म जारिबानाको सजाय हुने प्रावधानका बाबजुद महाशिवरात्रीका अवसरमा नागा बाबा वा साधुसन्तलाई गाँजा वितरण गर्ने कानुनी दायराभन्दा बाहिरको स्थापित परम्परागत चलन चलिरहेछ । नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन, सङ्ग्रह, सञ्चय वा खरिद बिव्रmी गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्ने सक्ने छ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा अपराध गरेको मानिँदैन । औषधोपचारको निमित्त स्वीकृत चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिप्राप्त पसलबाट सिफारिसबमोजिमको मात्रामा लागु औषध खरिद गरी सेवन गर्न पाउँछ । नेपाल सरकारले वा सरकारबाट विशेष अनुमतिपत्रप्राप्त गरी सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही सरकारको तर्फबाट कुनै संस्थाले औषधी वा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि कुनै लागुऔषधको खेती, तयार, उत्पादन, निर्माण वा निकासी पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिसमा कसैलाई बिव्रmी गर्नमा कानुनले प्रतिबन्ध लगाएको छैन । लागुऔषधको नियन्त्रण वर्तमान विश्वमा चिन्ता, चुनौती र चासो विषय बनेको छ । उर्वर वयका युवालाई यसले गाँजिरहेकाले सामाजिक आर्थिक विकृतिको एक कारक तìवको स्थान लिइसकेको छ । चिन्ताको विषय नेपालले लागुऔषध नियन्त्रण गर्न कुनै महìवपूर्ण प्रगति हासिल गर्न सकेको देखिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा अन्यत्रबाट ल्याएको र अन्यत्रै लैजान लागिएको अवस्थाका अफिम, कोका वा सोबाट बनेको लागुपदार्थ (नार्कोटिक्स) उल्लेख्य परिमाणमा आक्कलझुक्कल बरामद हुनुले लागुऔषधको पारगमन केन्द्र जस्तो देखिए पनि नेपाल मूलतः लागुऔषधको गन्तव्य स्थलको रूपमा प्रकट भइरहेको छ । लागुऔषध नियन्त्रण सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजना गर्ने, सहभागी हुने र महासन्धिहरूमा हस्ताक्षर गरेर नियन्त्रणको प्रतिबद्धता जनाउनेमा सरकार अग्रगामी देखिन्छ । कानुन कार्यान्वयनद्वारा नियन्त्रण गर्ने र दण्डद्वारा हतोत्साहित पार्नेसम्ममा राज्यको नीति सीमित देखिँदा ‘दिन दुई गुना रात चार गुना’ भने जसरी यसको पैठारी, ओसारपसार, बिव्रmीवितरण र सेवनमा वृद्धि भइरहेको छ । नेपाल प्रहरी लागुऔषध नियन्त्रणका लागि सरकारको ‘फोकल’ र ‘डेडिकेटेड’ एजेन्सी हो जसलाई गृह मन्त्रालयको शाखा महाशाखाले प्रशासनिक सम्पर्क एवं समन्वय गर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार जगत् तथा अन्य सरोकारवालाको सहकार्यमा लागुपदार्थलाई निषेध र मदिरा बिक्री वितरणलाई व्यवस्थित गरिने र दुव्र्यसनमा परेका व्यक्तिहरूलाई उपचार र पुनस्र्थापना गरी उद्यमशील र आत्मनिर्भर बनाइने महìवाकाङ्क्षी सरकारी नीति, कार्यनीति, रणनीति, कार्ययोजना बनाई बुद्धिविलास गर्न भने कुनै कञ्जुस्याँइ गरिएको छैन । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ ले कुल प्रयोगकर्ता १,३०,४२४ जना, वार्षिक वृद्धि ५.०६ प्रतिशत र कारागारको कैदीबन्दी सङ्ख्याको २१ प्रतिशत व्यसनी खुलाए पनि यो सर्वेक्षणपछि नेपालका नदीमा धेरै पानी बगिसकेको छ । झापा जिल्लामा मात्र २८ हजार लागुऔषधका प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसँग छ (पूर्वाञ्चल दैनिक) । सीमावर्ती क्षेत्रमा लागुपदार्थको निर्बाध र सजिलै उपलब्ध हुनु र १६–२५ वर्षका युवाको सेवन र ओसारपासारमा रहेको संलग्नताले नेपालमा यसले व्यावसायिक स्वरूप लिइरहेको छ । न्याय, समानता र स्वतन्त्रताको बिगुल फुक्ने कुनै बेलाको झापा अहिले धरान र काठमाडौँमा लागुऔषध आपूर्ति गर्ने पारगमन भएर विकसित भइरहेको छ । यही अवस्था विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी जस्ता सीमावर्ती सहरहरूको रहेको छ ।गाँजा, भाङ, धतुरो जस्ता झार, बुट्यान, फल रैथाने जडीबुटी भई औषधीको रूपमा उपयोग गर्ने गरिन्थ्यो । पखला लागेको बिमार पशुको अचुक दबाई गाँजा हो । गाँजाको खेती, सेवन, व्यापार आदि गर्ने कुरामा कानुनी प्रतिबन्ध लागे पनि नेपाली गाउँबस्तीमा गाँजाको खेती गर्ने गरिएको र प्रहरी तथा गाँजा खेती गर्नेबिच यदाकदा लुकामारी चलिरहेको पाइन्छ । कतिपयको दृष्टिकोणमा गाँजा खेती आय आर्जनको एक उपयोगी माध्यम हो भन्ने पनि रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले गाँजा र यसबाट निस्कने चोप (रेजिन) मा औषधीजन्य गुण भएको र कम खतरनाक लागू पदार्थ भएको निष्कर्ष निकालेको थियो । यो निष्कर्षको आधारमा संयुक्त राष्ट्र सङ्घमा मतदान गरी ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक्स ड्रग्स, १९६१’ को खतरनाक लागुऔषधको अनूसूचीबाट गाँजालाई हटाइएको छ । नेपालले हटाउने पक्षमा मतदान गरेको थियो । हाल ६४ देशले औषधीय प्रयोजनका लागि र करिब आधा दर्जन देशले मनोरञ्जनका लागि गाँजा खुला गरेका छन् । लागुपदार्थको सबै प्रकारको कारोबार र सेवन गरी गरिने कसुर नियन्त्रणका अनेक प्रयास भइरहेका छन् । कतिपय लागुपदार्थ कारोबार जोडिएको अपराधमा जन्मकैदसम्म दण्ड हुने प्रावधान छ । विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाद्वारा लागुपदार्थ नियन्त्रणका लागि कार्यव्रmमद्वारा व्यापक रणनीति तयार पारिन्छ । शिक्षा, परामर्श, उपचार एवं पुनस्र्थापनाका कार्यव्रmम नियन्त्रणका उपाय हुन् । लागुऔषध (नियन्त्रण) ऐन, २०३३ कार्यान्वयनमा अकाएको लगभग आधा शताब्दी पूरा भइसकेको छ । कानुन कार्यान्वयन गर्दाका अनुभव उपलब्धिपूर्ण छन् । लागुऔषधविरुद्धको जनमत तयार गर्न ऐनले उल्लेखनीय भूमिका खेलेको छ तथापि गाँजाबाहेकका अन्य लागुऔषधको सेवन र कारोबार नियन्त्रण गर्ने चुनौती कायम नै छ । लागुऔषध सेवन समवयी मित्र, चिने जानेको मानिस वा अन्य व्यक्तिले गरेको आग्रह अनुरोध (पर्सुएसन) मा, अचेतन अनुकरणद्वारा र ध्यान प्रवीण चिन्तन (रिफ्लेक्टिभ थिङ्किङ) द्वारा सिकेर जानेको व्यवहार हो । सीमा क्षेत्रका युवाहरू व्यसनी हुनुको प्रमुख कारण लागुपदार्थको सर्वसुलभता हो । परिवारमा बाबु वा आमाको अनुपस्थिति तथा दिदीबहिनी भाइबिचले कसिलो मायाको सम्बन्धको अभाव भएमा किशोरहरूले पहिला विद्यालय छाड्छन् र त्यसपछि लागुऔषधको व्यसन सिक्ने गरेको पाइन्छ । सिकाउनेले पहिला निःशुल्क उपलब्ध गराउँछ र व्यसनी भएपछि निरन्तरता दिन पैसाको अभाव हुन्छ । सीमा पारीबाट लागुऔषध पैठारी गरी बिव्रmी गरी हुने नाफा व्यसनलाई निरन्तरता दिनमा खर्च गर्छन् । नेपालतिरभन्दा सीमापारि नार्कोटिक्स र मनोद्विपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) निर्बाध रूपले (अघोषित) सहज र सर्वसुलभ मूल्यमा उपलब्ध हुन्छ । नेपाली ग्राहकलाई बिव्रmी वितरण गर्ने कार्य प्रहरी प्रशासनले नदेखे जस्तै गर्छ, कडीकडाउ गरिँदैन ।सीमापारिबाट लागुऔषध ओसारपसार गर्ने खास गरी युवाले सूक्ष्मतम प्रव्रिmया अपनाउने र विशिष्ट योजना बनाउने गरेको पाइन्छ । खैरो हिरोइन प्लास्टिकमा पोको पारेर मलद्वार वा मुखमा राख्नु, बालबालिका र सिकारूलाई प्रयोग गर्नु र परिवर्तन गरिरहनु, सीमापार एउटा समूहले गर्ने, गन्तव्यसम्मा अर्कोले र बिव्रmीवितरण अर्को समूहले गर्ने गरी सञ्जाल बनाएर काम गर्नु र एक अर्कासित फोनद्वारा नभएर भाइबर, ह्वाट्सएप, म्यासेन्जर जस्ता अनुसन्धान अधिकृतको पहुँचबाहिरका सञ्चार प्रणालीको प्रयोग गरेर लागुपदार्थको ओसारपसार गर्ने गरेको पाइएको छ । योजनाहरू बढी गोप्य र सतर्कतापूर्वक बनाइन्छ, एकअर्कासित उल्लिखित सञ्चार माध्यमले मात्र सम्पर्क हुन्छ, व्यक्तिगत परिचय भेटघाट भएको हुँदैन । सबैको साथबाट लागुऔषध बरामद नहुँदा र सञ्जालभित्र अनुसन्धान अधिकृत प्रवेश गर्न नसक्दा मुख्य मानिस कानुनको घेरा बाहिर रहन्छ र भरियाहरू मात्र पव्रmाउ परी दण्डका भागी हुने विडम्बनापूर्ण अवस्था लागुऔषध अपराधमा हुने गरेको छ । लागुऔषधको दुरुपयोग मानवताको प्रति बढिरहेको खतरा भइसकेको छ । यसले कानुन कार्यान्वयन गर्ने एजेन्सीका लागि जटिल समस्या प्रस्तुत गर्छ भने लागुऔषधका तस्कर र माफिया गलत तरिकाले आर्जित धनधान्यले लेस भएर देशको सामाजिक तानाबानासँग खेलबाड गरिरहेका छन् । व्यसनी आफ्नो अवसाद, कुण्ठा तथा व्रmोधको त्वरित उपचार प्राप्त गर्ने उद्देश्यले लागुऔषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथ साथै सामाजिक रूपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीति लागुपदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।राष्ट्रसङ्घले राष्ट्रिय सरकारलाई विश्वव्यापी स्तरमा सूचना प्रभावी ढङ्गबाट आदानप्रदान र प्रतिबद्धता नवीकृत गराएर लागुऔषध रोकथामका लागि गरिने प्रयासको अभिन्न अङ्ग बनाउने गरेको छ । हामी पनि छिमेकी मुलुकसँग समझदारी गरी मौजुदा संरचनालाई प्रभावी बनाएर यस्तो प्रयास गर्न सक्छौँ । सीमा नाकामा गाँजा यताबाट उता, उताबाट हेरोइन र मनोद्विपक औषधी यता आपूर्ति हुन्छ । नेपाल प्रहरीले आशङ्कितलाई गोली प्रहारसमेत गरेर गाँजाको ओसारपसार र निकासी नियन्त्रण गरिरहँदा तदनुरूपको पारस्परिकता हेरोइन र मनोद्विपक औषधीको आपूर्ति रोक्न उतापट्टिबाट भएको देखिन्न । सीमाका कानुन कार्यान्वयन गर्ने निकायबिच नियमित द्विपक्षीय ‘समकक्षी बैठक’ भइरहन्छन् । त्यस्तो बैठकमा उताबाट हुने आपूर्तिलाई रोकथाम गर्न सूचनाको आदान प्रदान गरी शङ्काको घेरामा रहेकालाई पव्रmाउ गर्ने सहयोगको समझदारी हुन सकेको छैन ।
सामुदायिक विद्यालयको बेरुजु चौध करोडभन्दा बढी
कालीकोट जिल्लाका सामुदायिक विद्यालयको बेरुजु रकम १४ करोडभन्दा बढी देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका ला
ठेको, डालो, नाङ्लोमा पनि पटके कर
बागलुङको ऐतिहासिक मेला हो चैत्राष्टमी मेला । वर्षको अन्तिम चाड चैतेदसैँमा नेपालकै प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शनसँगै स्थानीय उत्पादनहरू खरिद बिक्रीका लागि कालीगण्डकी वरपरका गाउँ गाउँबाट स्थानीयहरू मेलामा आउँछन् ।
थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको छ।
'मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो'
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ।
भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिन्छ : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताउनुभएको छ। बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताउनुभएको हो।
काठमाडौँ उपत्यकामा वायु प्रदूषण (फोटो फिचर)
काठमाडौँ उपत्यकामा बुधबार र बिहीबारको तुलनामा वायु प्रदूषण शुक्रबार केही कम भएता पनि वायु प्रदूषण कायमै रहेको छ।
तीनकुने घटना संविधान उल्ट्याउने उद्देश्यले प्रेरित थियोः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताउनुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिमस्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ ।
नामको मात्र अनुगमन गरिँदा औषधी पसललाई जहिल्यै छुट
दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरूमा विगत बर्सहरूमा झैँ यो वर्ष पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।
बिमस्टेक शिखर सम्मेलन सुरु
बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
दुर्गम पुगेका चिकित्सकको दुखेसो : उपकरण बिना नै जोखिममा शल्यक्रिया
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख रेडियोलोजी डाक्टर भीष्मप्रसाद पोख्रेलले दुखेसो गर्नुभयो सरकारसँग धेरै पटक उपकरणको माग गर्दा पनि आपूर्ति भएन ।
नियन्त्रण प्रयास नहुँदा विकराल बन्दै वायु प्रदूषण
काठमाडौँ उपत्यकाका लागि सवारी प्रदूषण पनि मुख्य हो तर यसको नियन्त्रणमा राज्यले कढाइ गर्न सकेको छैन । काठमाडौँ, चैत २२ गते । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने रु र असर कम गर्ने विषयमा छलफल गर्नुभएको थियो ।बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिनुभयो । विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताउनुभयो । “यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन । पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो”, उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ ।”जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताउनुभयो । “बिहीबारदेखि हल्का हावा चल्ने सम्भवना छ । तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन”, उहाँले भन्नुभयो, “पानी भने अर्को साता पर्ने सम्भवना पनि देखिन्छ । तर माहाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ । किनकि त्यो बेलासम्ममा परिवर्तन हुनसक्छ ।” मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै भिजिबिलिटी [पारदर्शिता] कम भई त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताउनुभयो ।वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्र्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ ।“काठमाडौँ कचौरा आकारमा पनि छ । पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन । जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ”, उहाँले भन्नुभयो ।जेठसम्म वायु प्रदूषण उच्चविभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ । विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । डढेलोको कारण प्रदूषणडढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताउनुभयो । “बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ । मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नुहँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ । डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन ।”मुटुरोगीलाई बढी असरपछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुहुन्छ, मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा । “मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ”, उहाँल भन्नुभयो, “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ । माक्सको प्रयोग गर्नुपर्छ ।”आँखा समस्यातिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस [आँखा पाक्ने रोग]जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थीलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो । “अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुनेहुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ । प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ । यहाँ आउने बिरामी पनि आँखा पोल्यो भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “प्रदूषण बढी भएका ठाउँमा चश्मा वा सनग्लास लगाउने, आँखालाई बारम्बार सफा पानीले धुने, प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषणयुक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।”छालामा पनि समस्याछालारोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो । “प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ”, उहाँले भन्नुभयो, “प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ । छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ ।”यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौलीपनजस्तो देखिने बताउनुभयो ।“छालालाई प्रदूषणबाट जोगाउन नियमित रूपमा सफा पानीले अनुहार सफा गर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्कनै पर्दा सनक्रिम लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र प्रदूषणबाट छाला जोगाउन उचित स्याहार आवश्यक छ”, उहाँले भन्नुभयो, “यदि छालासम्बन्धी समस्या लामो समयसम्म रहन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।”गर्भवती प्रभावितकाठमाडौँ नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताउनुहुन्छ ।“गर्भवतीले धुमपान गर्न हुँदैन, जसरी धुमपानले बच्चाको वृत्तिविकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ”, उहाँले भन्नुभयो, “प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कनै पर्दा माक्सको प्रयोग गर्नुपर्छ ।”जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाववातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताउनुभयो । “अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । तीन सय कट्नेबित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ”, उहाँले भन्नुभयो, “अहिले प्रदूषणको अवस्था घटबढ हुँदा घोषणा गर्नु पर्दैन । तर प्रदूषण बढ्दो छ । कसरी सतर्कता अपनाउने रु व्यापक जनचेतनासहित प्रदूषण बढिरहेमा आपत्कालीन अवस्था पनि घोषणा गर्नुपर्छ ।”स्वच्छ वातावरणको हक खोइ ?वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्वता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गर्नुभयो ।“यतिबेला एकदमै प्रदूषण बढिरहेको छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिए पनि नागरिकले मौलिक हकको प्रत्याभूति गर्न पाइरहेका छैनन्”, उहाँले भन्नुभयो, “अनि संविधानमा व्यवस्था भएको मौलिक हक राज्य सञ्चालकका लागि मात्र हो त रु नागरिकले खै प्रत्याभूति गर्न पाएका रु अब न्यायिक निष्पक्षतामा अनुसन्धान हुनुपर्र्छ ।”नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा ९१० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा ९२० मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा ९३० मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन भनी उल्लेख छ ।संविधानको भाग ४ मा उल्लेखित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ ।नीतिगत व्यवस्था कस्तो छ ?काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ¬्कन गरिने रणनीतिमा उल्लेख छ ।“औद्योगिक तथा अन्य क्षेत्रबाट निस्कने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने छ । उद्योग र अन्य व्यवसायहरूबाट निष्काशन हुने प्रदूषणयुक्त धुवा, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने छ”, नीतिमा उल्लेख छ, “घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्न सौर्य चुलो, विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणको प्रवर्द्धन गरिने छ । ऊर्जा किफायती भवन निर्माणमा जोड दिइने छ ।”काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँबु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।दीर्घकालीन रणनीति आवश्यक वातावरणविद् भूषण तुलाधारले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसकोे प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।“अहिले प्रदूषण बढिरहेको बेला तत्काल के गर्ने भनेर सरकार तयार हुनुपर्छ । डढेलो नियन्त्रण गर्ने, खुला ठाउँमा आगो लगाउन नदिने, जनचेतान अभिवृद्धि, धुँवा निकाल्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्नेलगायत काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा चाहिँ विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने, सुधारिएको चुलोलाई प्रथामिकता दिने गर्नुपर्छ । वायु गुणस्तर कार्ययोजना मुलुकभर तत्काल बनाउनुपर्छ ।”राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ । “घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ”, तुलाधारले भन्नुभयो, “नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”प्रदूषण नगर्न निर्देशनवन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताउनुभयो । “जसले प्रदूषण गर्नुभएको छ, प्रदूषण नगर्नका लागि हामीले निर्देशन दिएर सुझाव दिएका छौँ । प्रदूषकलाई कारबाही भने गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “वातावरणीय प्रदूषण न्यूनीकरणका लागि निर्देशन नमान्नेलाई कारबाही पनि गर्छौँ ।” महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशन गरेर सुझाव दिइएको छ । विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिकजन्य फोहर र कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुँवाधुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ ।रासस
विश्व व्यापारमा नयाँ हलचल
‘आर्थिक स्वतन्त्रताको घोषणा’ गर्दै संयुक्त राज्य अमेरिकाले विश्वका सबै देशलाई न्यूनतम १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस्तो निर्णय सार्वजनिक गर्दै आजको दिनलाई अमेरिकाको आर्थिक स्वतन्त्रताको संज्ञा दिनुभएको हो ।