अधिकार सुरक्षित नभएसम्म होर्मुज जलक्षेत्र नछोड्ने इरानको चेतावनी
इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन् । इरानी बन्दरगाहमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन् ।
ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि ३२ बुँदे विशेष निर्देशन जारी गर्नुभएको छ।
नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा
सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ ।
रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय संसद् अन्तर्गतका विभिन्न विषयगत समितिको सभापति र सचेतकको जिम्मेवारी तोकेको छ ।
सिंहदरबारमा प्रतिपक्षी दलको संयुक्त बैठक: लेखा समितिसभापतिमा साझा उम्मेदवारको खोजी
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटेका छन् ।
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ ।
प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट
मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको असरले खानेपानी अभाव गम्भीर बन्दै गएको छ। महोत्तरीको उत्तरी भेगमा चैत नसकिँदै खानेपानी सङ्कट देखिन थालेको छ।
देशैभर आर्थिक गणना सुरु
हरेक स्तर र प्रकृतिका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अर्थतन्त्रमा योगदान मापन गर्ने उद्देश्यसहित बुधबारदेखि देशैभर आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले असार ७ गतेभित्र स्थलगत तथ्याङ्क सम्पन्न गर्ने गरी बुधबारदेखि देशैभर गणक खटाएको हो ।
नौ महिनामा पौने बयालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आथिर्क वर्ष २०८२/८३ को नौ महिनामा पौने ४२ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । चैतमा मात्र ६१ वटा परियोजनामार्फत एक अर्ब १२ करोड २९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । अन्य महिनाको तुलनामा चैत महिनामा लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ ।
‘राष्ट्रिय सहमतिको साझा दस्ताबेज’
सरकारले आर्थिक क्षेत्रको स्थायित्व र सुधारसहित १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मसौदा सार्वजनिक गरेपछि राजनीतिक दलले सुझाव दिन गृहकार्य आरम्भ गरेका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छ वटा राजनीतिक दलले सरकारको राष्ट्रिय प्रतिबद्धताको मसौदामाथि आवश्यक विमर्श गरी राय सुझाव पेस गर्ने गरी संवाद अघि बढाएका हुन् ।
ढोका चहार्दै हैरान छन् किसान
नेपाल पशु चिकित्सा परिषद्का अनुसार नेपालमा कम्तीमा ३४ लाख परिवार पशुपालन तथा कृषिमा आबद्ध छन् । किसान परिवारका लागि एकीकृत सेवा प्रणालीको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यी परिवारले दैनिक हैरानी खेपिरहेको त्यस क्षेत्रका विज्ञहरू बताउँछन् । परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले कृषि तथा पशुपालनमा आबद्ध परिवारले फरक फरक समस्या सामना गरिरहेको बताउनुभयो ।
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ।
प्रधानमन्त्री शाहद्वारा देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान
प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।
भदौ २३ र २४ घटना : सुरक्षा संयन्त्रको जाँचबुझ गर्न पूर्व न्यायाधीश प्रेमराज कार्की संयोजकत्वमा समिति गठन
सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक : उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन
सरकारले वि.सं. २०६२/६३ को जनआन्दोलनदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।
बोडेमा सुजनले चौथो पटक जिब्रो छेडेर जोगाउनुभयो परम्परा
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा ऐतिहासिक एवं प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहका साथ मनाइएको छ ।
गुडिरहेको बसमा आगलागी, ४० यात्रुको सकुशल उद्धार
स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ ।
कांग्रेस पूर्व कार्यवाहक सभापति खड्कासँग सात दिने स्पष्टीकरण माग
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रम (फोटोफिचर)
अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ ।
सिन्दूर जात्राको भव्यता, अबिरको लालीमा झुम्यो थिमि
भक्तपुरको मध्यपुरथिमिमा आज बिहानैदेखि हर्षोल्लासका साथ प्रसिद्ध सिन्दूर जात्रा अर्थात् 'सुथसिया' (बिहानीको जात्रा) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मनाइने यो जात्रामा थिमिका बासिन्दाहरूले टोलटोलका देवीदेवता विराजमान खटहरूलाई सिन्दूरले रंगाएर नगर परिक्रमा गराएका छन् ।
करिब १० हजारले गरे ढकेरी वनस्पति उद्यानको अवलोकन
नयाँ वर्ष २०८३ को पहिलो दिन मङ्गलबार बाँकेको राप्तीसोनारी –९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानमा पुगेर करिब १० हजार सर्वसाधारणले उद्यानको अवलोकन गरी नयाँ वर्ष मनाएका छन् ।
बुटवलमा सधैँ पहिरोको त्रास
वर्षा सुरु हुनासाथ बुटवल उपमहानगरपालिका अन्तर्गत ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दामा पहिरो र बाढीको त्रास दोहोरिने गरेको छ । यहाँको विपत् आकस्मिक घटना नभई बर्सेनि दोहोरिने नियति जस्तै बनेको छ । हरेक वर्ष दोहोरिने यस्ता विपत्का घटनाबाट त्रास कायम रहेको छ भन्दै ज्योतिनगरस्थित मिलनपथका पहिरोपीडित सत्यनारायण शर्माले दीर्घकालीन समाधानका लागि राज्यले चासो नदिएको गुनासो गर्नुभयो ।
महाकाली तर्न डुङ्गाकै भर
डडेलधुराको भित्री मधेश जोगबुढा क्षेत्रबाट रोजगारी र दैनिक उपभोग्य वस्तुदेखि औषधी उपचारका लागि जाने नजिकको अस्पताल, बजार क्षेत्र भनेको भारतको टनकपुर, वनवासा क्षेत्र नै हो । नयाँ वर्ष लागेसँगै बिसुपर्व मनाउन भारतका विभिन्न सहरबाट स्वदेश फर्कंदै गरेका सयौँ जोगबुढावासी जोखिम मोलेरै डुङ्गाको भरमा महाकाली नदी तर्न बाध्य छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकाली नदीमा पुल नहुँदा स्थानीयवासीले डुङ्गाकै सहारा लिनु परेको हो ।