तीनसय किसानलाई कृषि उपकरण वितरण
रुपन्देही सिद्धार्थनगरका तीनसय बढी किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको छ । दोगहरी स्मार्ट कृषिगाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८–७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई कृषि उपकरण उपलव्ध गराइएको हो । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको छ ।
भूक्षय र वातावरण जोगाउन वृक्षरोपण
सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट विरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण गरिएको हो ।
नवलपरासीमा ड्रागन फ्रुटको खेती शुरु, किसान उत्साहित
पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । नवलपरासीमा पहिलो पटक नमुना खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रागन फ्रुटले निर्धारित समयमा नै उत्पादन दिन थालेपछि वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटा हर्षित हुनुभएको छ ।
बाजुरामा धान रोपाइँ शुरु
बाजुरामा तीस प्रतिशत धान रोप्ने काम सम्पन्न भएको छ । असार नलाग्दै किसानलाई रोपाईको चटारो सुुरु भएको छ । जिल्लाका चार नगरपालिका र पाँच वटा गाउँपालिकाका अधिकांश ठाउँमा धान खेती हुनेगरेको छ ।
चर्चा धेरै रासायनिक मल कारखानाको, प्रगति भने कम
नेपालमा रासायजिक मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष बितेको छ । तर, मल कारखानाको स्थापनाको सन्दर्भमा प्रगति भने शून्य छ । नेपालमा बाली लगाउने समयमा मलको अभाव झेलिरहेका किसानका लागि राहत होस् भनेर सरकारले रासायनिक मल कारखानाको स्थापनाको सपना देखे पनि प्रगति भने शून्य छ ।
बाँकेमा तीन हजार मेट्रिक टन मल माग
जिल्लामा धान खेतीका लागि मात्रै १२ सय मेट्रिक टन डीएपी, तीन हजार मेट्रिक टन युरिया र ५० मेट्रिक टन पोटास मल माग भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल १६५ मेट्रिक टन डीएपी मात्रै मौज्दात रहेको छ ।
मलको आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गरौं : डा. सङ्ग्रौला
नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले मल ल्याउन नखोजेको आरोप
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारले मल ल्याउन नखोजेको आरोप लगाउनुभएको छ ।
हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न
हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती हुने गरेको छ ।