राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ ।
कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ? यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भ
यतिबेला शैक्षिक वृत्तमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लिएर बहस सिर्जना भएको छ । सामाजिक सञ्जाल बहसले तातिएको छ । शिक्षण संस्थामा यसै विषयलाई लिएर चर्चा विश्लेषण भइरहेको छ । राम्रा नराम्रा, सकारात्मक, नकारात्मक बहस छन् । तर्क आआफ्नै छन् । करिब ५३ प्रतिशत ‘अघोषित अनुत्तीर्ण’ हुनुमा कसैले विद्यार्थीलाई दोष दिएका छन् । कसैले शिक्षकमाथि दोष थुपारेका छन् । कसैले राज्यको नीतिलाई दोष दिएका छन् । यस अवस्थामा राज्यले सबैलाई अवसर दिने भन्दै मौका परीक्षामा सम्मिलित गराउन बाटो खुला गरिदिएको छ । बढीमा दुई विषयमा अवर्गीकृत (ननग्रेडेड) अर्थात् एनजी भनी प्रमाणपत्रमा टाँचा लागेकालाई मात्र अवसरको व्यवस्था गरिएकोमा जतिसुकै विषयका लागि पनि अवसर दिने भनेर रातारात लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको छ । अहिलेका लागि उम्किने बाटो होला तर यो निर्णयले भविष्यमा के कस्ता असर वा प्रभाव पार्ने छन् भन्ने हेर्न समय कुर्नै पर्ने हुन्छ ।
ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्व राख्ने सो पोखरीको अस्तित्व मेट्ने गरी विभिन्न संस्थाले भौतिक पूर्वाधारका कार्य अगाडि बढाएपछि विरोध भएको थियो । त्यस क्रममा यो विषय अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि सप्तपाताल पोखरी संरक्षण गर्न बाटो खुला भएको थियो । सप्तपाताल पोखरी पुनर्निर्माण समितिका अध्यक्ष पूर्ण स्थापितले छिट्टै पुरानै अवस्थामा पोखरीलाई देख्न पाइने बताउनुभयो ।
हिन्दीमा पुरानो भनाइ छ– पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब । अर्थात् पढ्यौ लेख्यौ भने राजा बन्छौँ, खेल्यौ कुद्यौ भने खराब बन्छौ । यो भनाइ अब गलत साबित भइसकेको छ । विभिन्न अध्ययनले बालबालिकाका लागि दैनिक खेलकुद अनिवार्य रहेको देखाएको छ ।
उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । त्यहाँ गई निःशुल्क थरी थरीका तस्बिर र भिडियो मज्जाले खिच्न पाइने छ । हो, केशर महलको पुनर्निर्माण पूरा भएको छ । यसको स्वरूप परिवर्तन भएर भव्य, सुन्दर र आकर्षक बनेको छ । त्यहाँ पुग्ने जोकोहीले पनि तस्बिर नखिची फर्किंदैनन् ।
नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ । कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।
रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “बजेट खोज्दै छौँ ।”
खस्किँदै गएको साख जोगाउने चुनौतीमाझ त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले शुव्रmबार पदभार ग्रहण गर्नुभएको छ । उपकुलपति रिक्त भएको ११२ औँ दिनमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । नवनियुक्त उपकुलपति डा. बराललाई त्रिवि सुधारको विषय फलामे च्युरा चपाए सरह हुने पक्कै देखिन्छ । राजनीतिक भागबन्डालाई अब त्रिविमा प्रवेश गर्न नदिने घोषणा गर्नु भए पनि शिक्षाध्यक्ष, रजिस्ट्रार, डिनलगायतका पदाधिकारी नियुक्तिपछि मात्र उहाँ दबाब बेगर कार्य सम्पादन गर्न सक्नु हुन्छ भन्नेमा विश्वास गर्ने आधार देखिने छ ।
राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ । यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि दरबन्दी लुकाउने प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताउँदै भन्नुभयो, “दरबन्दी लुकाउन पाइँदैन । खाली दरबन्दी केन्द्रमा पठाउनै पर्छ ।”
गुरुका आश्रममा गएर वा गुरुले भनेका स्थानमा पुगेर शिक्षा आर्जन गर्ने परम्परा थियो । यसलाई गुरुकुल परम्परा भनिन्थ्यो । यसरी शिक्षा आर्जन गर्दा वर्षभरि आवश्यक पर्ने खाद्यान्न लिएर जाने चलन थियो । गुरुले चण्डी, रुद्री, व्याकरण, छन्द, ज्योतिष, वेद, कर्मकाण्ड, साधारण गणित आदि अध्यापन गर्थे । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१० सालमा थापाथली दरबारमा अङ्ग्रेजी स्कुल स्थापना गरेपछि बल्ल आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । प्रधानमन्त्री देवशमशेरका
आज सहिद दिवस । राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै हरेक माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने चलन २०१० सालदेखि सुरु भयो । हरेक माघ १० गतेदेखि सहिद सप्ताह मनाउने प्रचलन छ । क्रान्तियोद्धाहरूलाई सहादतमा पुर्याउँदै स्वतन्त्रताको झिल्को पर्चा छर्ने कामबाट सुरु भएको थियो । त्यसमा देशका लागि ज्यानको आहुती दिन पछि नपर्ने क्रान्तिकारी थपिँदै गए । क्रान्तिलाई उत्सर्गमा पुर्याउन उपाय ठहर्याइयो– राणाविरोधी पर्चा छर्नु पर्छ । त्यति सहज कहाँ थियो र ? लिथो मेसिन निकै सकससाथ उपत्यकामा भित्र्याइसकिएको थियो । कुरा ८३ वर्षअघि अर्थात् १९९७ सालको हो । त्यो बेला राति ९ देखि बिहान ४ बजेसम्म कफ्र्यु लगाउने चलन थियो । दिउँसो पर्चा छर्न सम्भव नभएकाले रातिबाहेक उपाय थिएन ।
सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् । मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा पुग्छन् र फर्किएर आइसकेपछि अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्दैनन् । अनुगमनमा सहसचिव मात्र हुँदैनन् । तिनका साथ उपसचिव, अधिकृत र सहायक कर्मचारी रहन सक्ने निर्णय सदर भएको हुनाले आफूसाथ कनिष्ठ कर्मचारी पनि लिएर जाने गरेका छन् । लेखापरीक्षणका बखत झन्झट बेहोर्नुपर्ने भएकाले खर्च भुक्तानीको प्रयोजनका लागि प्रतिवेदनका नाममा दुईपाने सामान्य प्रतिवेदन लेखेर आफ्नो निकायको लेखा शाखामा पेस गर्ने गरेका छन् ।
हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ । विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भन्नुभयो, “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो । मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन् । निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन । सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति ग¥यौँ । स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ । यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन ।”
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई/बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ ।