कृषि पेसामा आकर्षित गराउनका लागि कैलालीको जानकी गाउँपालिकाले नयाँ नीति ल्याएको छ । उक्त पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा अनुदान दिन थालिएको छ ।
सुदूरपश्चिममा सत्तारुढ गठवन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै नै चुनावमा होमिएको छ । एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।
सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट सङ्घीय सरकारका प्रधानमन्त्रीसहित तीन जना मन्त्रीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन मन्त्री प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
गत निर्वाचन २०७४ मा कारवाहीमा पर्नुभएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझाले स्वतन्त्रबाट कैलाली क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति कारागारको अनुगमन गर्न सुदूरपश्चिम आइपुगेको छ । यसक्रममा आइतबार कैलाली जिल्लाको कारागारको अनुगमन गरिएको छ भने आज डडेलधुरा कारागारको अवस्था बुझ्ने कार्यक्रम छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बैतडीको मेलौली नगरपालिका–८, कोटिगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँको अवस्थाबारे विस्तृत अध्ययन गरेर जानकारी दिन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको छ ।
बाजुराको पश्चिमी क्षेत्र र अछामको चौखुट्टेलगायतका ठाउँबाट पर्यटकीय र धार्मिक क्षेत्र बडिमालिका सहितका तीन चुचुरा नजरमा पर्दा जो कोहीको मन लोभिन्छ। हिउँदका महिनामा हिउँले छोपिने बडिमालिका शृङ्खला अझ धेरै रोमाञ्चक देखिन्छन्। धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको चर्र्चा छ। हरेक वर्ष जनैपूर्णिमा अघि त्रयोदशी, चतुर्थदशीमा त्यहाँ लाग्ने मेला भर्न बाजुरा, अछाम, डोटी, कालीकोटबाट मात्रै होइन देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थालु आउँछन् ।