सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरूलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा सडकबत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ गुणस्तरहीन भेटिएका हुन् । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको र निर्माण कम्पनीले पाउने भुक्तानीसमेत रोक्का गरिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको छ ।
नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले साहित्य जीवनलाई उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताउनु भएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
“गणतन्त्र ल्याउनका लागि छोरा शहीद भएकोमा दुःख लागेको छैन । तर मानसिक रोगी नातीको उपचार गर्न नसक्दा छाती भत्भती पोलेर आउछ र मन भारी हुन्छ ।” यो भनाइ ६० वर्षीय वमबहादुर रावलको हो । खप्तडछाना गाउँपालिका ३, बझाङ थाप्लीकोट घर भएका रावलले यतिबेला शहिद भएका छोरालाई झल्झली सम्झने गरेका छन् । मानसिक रोगले एक वर्षदेखि बन्द कोठाभित्र थला परेका २१ वर्षको नाती किरण रावलको अवस्था दयनिय छ । मानसिक रोगी नातीको कसैले उपचार गरेर दिन्छनकी भनेर उहाँले सबैको आश गर्नुहुन्छ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताउनु भएको छ ।
खप्तड ३२ सय मिटरको उचाइमा रहेको, खप्तड बाबाले ५० वर्ष तपस्या र साधना गरेको पवित्र भूमि हो । यसलाई भू स्वर्ग र अलौकिक भर्जिन ल्याण्डका रूपमा पनि चिनिन्छ ।
यातायात आवतजावतमा सहजता छैन धनगढी आसपासका मुख्य सडकमा । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गर पछि सयौँ सवारीसाधनले सस्ती खेप्न परेको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि सो पालिकामा रहेका २९ वटा विद्यालयका प्रधानाध्यापकसँग एक वर्षीय ३४ बुँदे करारनामा गरेको छ ।
कृषि पेसामा आकर्षित गराउनका लागि कैलालीको जानकी गाउँपालिकाले नयाँ नीति ल्याएको छ । उक्त पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा अनुदान दिन थालिएको छ ।