आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षितगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले संयुक्त गस्ती सुरू गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ ।
माथिल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबैजसो बस्ती सुनसान छ । बजार तथा ग्रामीण क्षेत्रमा रहेका होटल, पसल तथा ब्यक्तिको घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
लोमन्थाङ गाउँपालिकाका चौरीपालक पासाङ गुरूङको निलेकाँचुङमा करिब एक सय याकनाक गोठ आसपासमा बाक्लो हिमपात भएको छ । अत्यधिक हिमपातसँगै करिब ४ फिट हिउँ जमेको चरन क्षेत्रमा आवश्यक पर्ने आहारको व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरियो ।
उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपास क्षेत्रका आंशिक हिमपात भएको हो ।