मधेसी र मुस्लिम छात्राहरुलाई मुख्य लक्षित गरी नेपालगञ्जमा महिला कलेज स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले उद्घाटन गर्नुभयो ।
सिराज खान नेपालगञ्ज, वैशाख ७ गते । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुरमा कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना लगभग समाप्त हुँदै गएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने सम्भावना बढेको हो । काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्जलगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचारप्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । काँग्रेसको अडानका कारण कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताउनुभयो ।उहाँ यसअघि पनि स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो । माओवादीले कोहलपुरमा मेयरमा नरेन्द्र न्यौपानेसहित १३ जना वडा अध्यक्षको समेत टुङ्गो लगाएको खड्काले जनाउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रीप्रसाद जैसि, वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेजबहादुर पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्रनाथ योगी, कोहलपुर १० मा कैलो बोहरा कुशल, कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दानबहादुर वली र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । कोहलपुर ४ र ११ मा आकाङ्क्षीको सङ्ख्या एकभन्दा बढी भएकाले सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । उपमेयर पदमा समेत एकभन्दा बढी आकाङ्क्षी रहेकाले सो पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको नेकपा (माओवादी केन्द्र), कोहलपुरले जनाएको छ ।कोहलपुरको उपमेयरमा रेणुका खड्का, साबित्रा पुन, विष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काको दावेदारी छ ।
ओखलढुङ्गामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा पटक–पटक बसेको सत्ता साझेदार पाँच दलको बैठकमा अरु दलसँग सहमति जुट्न नसकेपछि काँग्रेस र माओवादी केन्द्रबीचमात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।
सरकारले देशलाई लोडसेडिङ मुक्त घोषणा गरिसकेको छ । तर, नेपालगञ्ज र बाँकेसहितका जिल्लामा अघोषित लोडसेडिङका कारण आमनागरिक समस्यामा पर्ने गरेका छन् ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै वर्षौदेखि भारी बोकेर गुजरा चलाउँदै आएका भरियाहरु पेशाबाट विस्थापित भएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ७ गते । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहने आयोगले जनाएको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन यही वैशाख ११ र १२ गते हुँदैछ । निर्वाचन कार्यलय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहनेछ ।विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्वन्धी बस्तुस्थिति बुझी सुरक्षा प्रतिवेदनसहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सवै विषयहरु प्रवक्तामार्फत सवैसामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने जिम्मेवारी रहेको आयोगले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनाको सङ्कलन एवम् विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्ने बताइएको छ ।निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धीका काम केन्द्रले गर्ने आयोगको भनाइ छ । केन्द्रले निर्वाचनको काम सम्पन्न भएपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।
चन्द्र पन्दाकताप्लेजुङ, वैशाख ७ गते । ताप्लेजुङमा दूधको मूल्य वृद्धि भएको छ । हाल कारोबार हुँदै आएको दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँले वृद्धि गरिएको हो । ताप्लेजुङ डेरी (दुग्ध) व्यवसायी सङ्घका अनुसार दूधको मूल्यमा २० रुपियाँले वृद्धि गरी प्रतिलिटर ८० रुपियाँ पु¥याइएको छ । सदरमुकाम फुङ्लिङ बजारमा सोमबारदेखि नै वृद्धि गरिएको मूल्यअनुसार दूधको कारोबार सुरु भएको छ । फुङ्लिङ बजारमा यसअघि प्रतिलिटर ६० रुपियाँमा कारोबार हुँदै आएको थियो ।ताप्लेजुङ डेरी व्यवसायी सङ्घ, जिल्ला तदर्थ समितिका संयोजक कृष्णकुमार बस्नेतका अनुसार हालसम्म दूध उत्पादक तथा व्यवसायीले अत्यन्तै न्यून फाइदा राखेर प्रतिलिटर ६० रुपियाँमा दूधको कारोबार गर्दै आएका थिए । कुनै समय घाटासमेत बेहोर्नुपर्ने अवस्था रहेकाले मूल्य वृद्धि गर्नु बाध्यता भएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार दूध उत्पादकले प्रतिलिटर १० रुपियाँ र व्यवसायीले १० लिने योजनासहित दूधको मूल्य वृद्धि गरिएको हो ।जिल्लामा दूधको मूल्य वृद्धि गरे पनि सरकारले निर्धारण गरेको राष्ट्रिय मूल्य दरभन्दा कम भएको समितिका संयोजक बस्नेतले बताउनुभयो । पछिल्लो पटक सरकारले दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ तोकेको छ । सरकारले तोकेअनुसार नै जिल्लामा पनि दूधको मूल्यवृद्धि गर्नुपर्ने धेरै उत्पादक तथा व्यवसायीको जोड थियो । थोरै भए पनि उपभोक्तालाई समेत राहत होस् भन्ने उद्देश्यले २० रुपियाँ मात्र वृद्धि गरिएको सङ्घले जनाएको छ ।सदरमुकाम फुङ्लिङ बजारमा हाल आधा दर्जनजति दूध डेरी सञ्चालनमा रहेका छन् । उपभोक्ताको मागअनुसार फुङ्लिङ बजारमा दुग्धजन्य वस्तु उपलब्ध हुनसकेको छैन । हाल दैनिक करिब दुई हजार लिटर दूधको कारोबार हुने गरेको छ भने यहाँ तीन हजार लिटरजति दूधको माग रहेको डेरी व्यवसायी सङ्घले जनाएको छ । हाल दूधबाहेक दही, पनिरजस्ता दुग्धजन्य वस्तुको माग उपभोक्ताबाट भएमा उपलब्ध गराउने अवस्था नरहेको सङ्घका संयोजक बस्नेतको भनाइ छ । यस्तै घिउ पनि पाँचथर लगायतबाट आपूर्ति गरी फुङ्लिङ बजारमा बिक्री गर्ने गरिएको छ । खरिद मूल्य र ढुवानी गरी घिउ प्रतिकिलोग्राम छ सय ७० रुपियाँमा यहाँ आइपुग्ने र व्यवसायीले सात सय रुपियाँले बिक्री गर्दै आएका पनि उहाँले जानकारी दिनुभयो । यता दूधको मूल्य वृद्धिसँगै फुङ्लिङ बजारमा चिया तथा कफीको मूल्य पनि वृद्धि गरिएको छ । दूध चिया प्रतिकप (गिलास) २० रुपियाँमा बिक्री गरिँदै आएकोमा २५ पु¥याइएको छ भने घोटेको कफी प्रतिकप ६० रुपियाँ पु¥याइएको छ । दूधको मूल्य बढेपछि चिया तथा कफीको मूल्यवृद्धि गर्न बाध्य हुनुपरेको व्यवसायीले बताएका छन् ।
काठमाडौँ, वैशाख ७ गते । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ । खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ । यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो । लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको थियो ।
मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न ९चामल, मकै र गहुुँ० आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो ।
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५१९ जना विद्यार्थी दीक्षित भएका छन । मङगलबार विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये पाँच सय १९ विद्यार्थी दीक्षित भएका हुन ।
विजयकुमार साह ढल्केबर, वैशाख, ७ गते । धनुषामा स्थानीय तहको निर्वाचनले गति लिन थालेको छ । राजनीतिक दलहरू चुनावको तयारीमा जुटेका छन् । चुनावी रणनीति बनाउन बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम बाक्लिँदै गएका छन् । राजनीतिक दलका प्रतिनिधिहरू जनप्रतिनिधि बन्न दौडधुपमा लागेका छन् । यहाँका किसान भने गहुँबाली भित्र्याउनमा व्यस्त देखिन्छन् । कोही गहुँ बाली धमाधम काट्नमा व्यस्त छन् भने कतिपय किसान कटान गरिसकेको गहुँ थ्रेसिङ गरेर भित्र्याउँदै गरेको भेटिन्छन् । किसानहरू पाकिसकेको गहुँ भित्र्याउन बिहानदेखि साँझसम्म खेतमै रहन्छन् । अहिले हावाहुरी असिना, पानी पर्ने बेला छ । समयमै गहुँ भित्र्याउन सकिएन भने यति धेरै मिहिनेत गरेर उब्जाएको गहुँ असिना, पानीले क्षति पु-याउन सक्छ । त्यसैले अहिले चुनावी माहौलदेखि टाढै रहेर गहुँ भित्र्याउन लागिपरेको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतो बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “गहुँ पाकेकाले अहिले किसानलाई कामै काम छ । कसैलाई पटक्कै फुर्सद छैन । काममा ध्यान भएकोले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन ।” “चुनावमा कस्ता जनप्रतिनिधिलाई मत दिने भन्ने विषयमा पछि सोचौँला तर अहिले गहुँ स्याहार्न सकिएन भने भोकै बस्नुपर्ने अवस्था आउँछ, त्यसैले किसानलाई चुनावको रौनकले अझैँ छोइसकेको छैन,” गणेशमान चारनाथ नगरपालिका बरमझियाका किसान रामपुकार यादवले भन्नुभयो । उहाँले यसपालि झुटा आश्वासन बाँड्नेलाई भन्दा पनि किसानको दुःख पीडा बुुझ्ने जनप्रतिनिधि छनोट गर्ने बताउँदै उहाँले भन्नुभयो, “पर्याप्त सिँचाइको सुविधा, मलखादको सहज उपलब्धता र आधुनिक कृषि उपकरण निःशुल्क बाँड्नेजस्ता नारा दिएर थुप्रैले स्थानीय तहदेखि मन्त्रीसम्मकै बागडोर सम्हाले तर किसानको समस्या ज्यूँका त्युँ छ ।” जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो तर यस वर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँबालीलाई क्षति पु-याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो ।
स्वर्गकी अप्सरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित गीतमा दुई कलाकार प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी बहुमुखी क्याम्पस चरम आर्थिक सङ्कटमा परेको छ । दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस आर्थिक सङ्कटमा परेको हो । जसका कारण क्याम्पस एक करोड १० लाख रुपियाँको ऋणमा डुबेको छ भने प्राध्यापकले विगत तीन वर्षदेखि तलब पाएका छैनन् ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी उपत्यकावासीलाई न्यायोचित रूपमा वितरण गर्न निर्देशन दिनुभएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको मङ्गलबार निरीक्षण गर्दै मन्त्री चौधरीले चुहावट रोकी न्यायोचित रूपमा वितरण गर्न मातहतका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ७ गते । अर्थमन्त्री जनार्दन शर्माले श्रीलङ्कासँग नेपालको तुलना नहुने आफूले बारम्बार भन्दै आएको बताउनुभयो । “केही व्यक्तिले देशको अर्थ व्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,” मन्त्री शर्माले भन्नुभयो, “यथार्थमा नेपालको अर्थ व्यवस्था श्रीलङ्काको जस्तो होइन र हामी श्रीलङ्काजस्तो हुन पनि नदिनेगरी अर्थ व्यवस्था सुधारिरहेका छौँ ।” नेपाल उद्योग परिसङ्घका प्रतिनिधिसँग मङ्गलबार छलफल गर्नु हुँदै अर्थमन्त्री शर्माले आगामी आव ०७९÷८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्या सम्बोधन गरी नजिता देखिनेगरी सुधार्ने जानकारी दिनुभयो ।यसैबीच निजी क्षेत्रले नेपालको आर्थिक अवस्था सङ्कटपूर्ण नरहेको बताएको छ । अर्थतन्त्रको वास्तविक अवस्थाभन्दा अफवाह पैmलाएर स्थितिलाई बढी संवेदनशील बनाउन प्रयास भएको भन्दै नेपाल उद्योग परिसङ्घले प्रमुख आर्थिक सूचक समस्याग्रस्त नभएको ठहर गरेको छ ।परिसङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरेर पछिल्लो तीन महिनाको आर्थिक सूचकको समीक्षाका आधारमा अर्थतन्त्र बिग्रन नदिन सोचनीय अवस्था रहे पनि सङ्कटमा परेको भन्न नमिल्ने जिकिर गरेको हो । पत्रकार सम्मेलनमा परिसङ्घ अध्यक्ष विष्णुकुमार अग्रवालले पछिल्लो समय तथ्याङ्कका आधारमा नभई विश्लेषण गर्ने परिपाटीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको सन्देश गएको भन्दै सुधारका उपायसमेत सुझाव दिनुभयो । उहाँले रेमिट्यान्स भिœयाउन लाग्ने शुल्क सरकारले बेहोर्नुपर्ने, विदेशीलाई अपार्टमेन्ट खरिदको अनुमति दिनुपर्ने, हाउजिङ नियमावली छिट्टै पारित गरेर विदेशी लगानी आकर्षित गर्नुपर्ने, गैरआवासीय नेपालीलाई डलर खाता खोल्ने अभियानलाई व्यापार बनाउनुपर्ने बताउनुभयो । परिसङ्घले नेपालको आर्थिक अवस्था श्रीलङ्कासँग तुलना गर्नेखालको नभएकोसमेत स्पष्ट पारेको छ । नेपाल र श्रीलङ्काको कुल गार्हस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको, श्रीलङ्काको कुल राष्ट्रिय ऋण जीडीपीको तुलनमा १११ प्रतिशत रहेको तर नेपालको यस्तो ऋण ४०.५ प्रतिशतमात्र रहेकाले अवस्था अत्यन्तै फरक रहेको प्रस्ट पारेको छ । परिसङ्घका अनुसार नेपालमा मुद्रा स्फीति ७ प्रतिशतमात्र छ, जब कि श्रीलङ्कामा यो २५ प्रतिशत पुगेको छ । परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालका अनुसार नेपालको आर्थिक अवस्थाका पाँच मूल सूचकमा कुनै बेथिति नदेखिएको र आशावादी अवस्था देखिएको औँल्याउनुभयो ।“आम उपभोग, रोजगारी मुद्रास्फीतिजस्ता अवस्थामा समस्या आएको छैन, त्यसैले आत्तिने काम नगराँै,” उहाँले भन्नुभयो ।अग्रवालले भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर पनि परिवर्तन गर्नु उपयुक्त नहुने बताउनुभयो । भारतसँग ठूलो आयातको हिस्सा रहेका कारण विनिमय दर स्थिर हुँदा महँगी तीव्र हुने, विदेशी समुदायमा नेपाली मुद्राको साखमा अविश्वास बढ्न सक्ने भएकाले नेपालको स्थिर विनिमय दर नै उपयुक्त हुने बताउनुभयो ।अध्यक्ष अग्रवालले नेपालको पर्यटन क्षेत्र तीव्र गतिमा उत्थानतर्पm लागेको, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो रहेको तथा निर्यात पनि बढ्दो अवस्थामा रहेका कारण अवस्था आशावादी रहेको आँैल्याउनुभएको छ ।