सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न रोक लगाएको थियो ।
काठमाडौं, वैशाख ७ गते । निराजन प्रधान र मिरुना मगर अभिनित म्युजिक भिडियो 'सरुँ सरुँ लाग्यो' सार्वजनिक भएको छ । भिडियो देवीथान नामको युट्यबु च्यानलबाट सार्वजनिक गरिएको हो ।राजेश पुमा राईको निर्देशन रहेको गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र सुमन योञ्जनको लेखन रहेको छ। भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । कमल राईले कोरियोग्राफी गर्नुभएको गीतमा सुन्दर नृत्य देख्न सकिन्छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो ।
पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ।
काठमाडौं, वैशाख ७ गते। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनुहुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ वैशाख ८ गते अपराह्न नेपाल आउनुहुनेछ। तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ। त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुनेछ। यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुनेछ।महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो। भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ। महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ। रासस
कैलाली, वैशाख ७ गते । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । धनगढीमा बुधबार भएको फाइनलमा आर्मीले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हरायो । उपाधिसँगै आर्मीले एक लाख ५० रुपियाँ पुरस्कार पायो । उपविजेता एफिएफले ८० हजारमा रुपियाँ प्राप्त गर्यो । सेमिफाइनलमा पुगेका सुदूरपश्चिम र लुम्बीनी प्रदेशले ४०/४० हजार रुपियाँ पुरस्कार पाए । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बाेहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाको १६ पृष्ठ लामो निर्वाचन घोषणापत्रमा पानीको महसुल २०० रुपियाँसम्म मिनाहा गर्ने उल्लेख छ ।
काठमाडौं, वैशाख ७ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ । मङ्गलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किनुभएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निलम्बित गभर्नर अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस्तै, न्यायाधीश फुयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश पनि जारी गर्नुभएको थियो । साथै छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि न्यायाधीश फुयालले दिनुभएको छ । गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गर्नुभएको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्नुभएको थियो ।उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बुधबार बिहान साढे ११ बजेदेखि बैठक जारी रहेको जानकारी दिनुभयो ।
सन्तोष सुवेदीकास्की, वैशाख ७ गते । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमतिपछि नेपाली काँग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । काँग्रेसको पोखरा महानगर समितिले बुधबार जिल्ला कार्यालय, चिप्लेढुङ्गामा ताला लगाएको हो ।महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उहाँहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ । हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले काँग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’’सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको सचिव थापाले बताउनुभयो । ‘आगामी दिनमा अपनाइने सङ्घर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्यसमितिलाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
मधेसी र मुस्लिम छात्राहरुलाई मुख्य लक्षित गरी नेपालगञ्जमा महिला कलेज स्थापना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले उद्घाटन गर्नुभयो ।
सिराज खान नेपालगञ्ज, वैशाख ७ गते । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुरमा कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना लगभग समाप्त हुँदै गएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने सम्भावना बढेको हो । काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्जलगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचारप्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । काँग्रेसको अडानका कारण कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताउनुभयो ।उहाँ यसअघि पनि स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो । माओवादीले कोहलपुरमा मेयरमा नरेन्द्र न्यौपानेसहित १३ जना वडा अध्यक्षको समेत टुङ्गो लगाएको खड्काले जनाउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रीप्रसाद जैसि, वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेजबहादुर पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्रनाथ योगी, कोहलपुर १० मा कैलो बोहरा कुशल, कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दानबहादुर वली र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । कोहलपुर ४ र ११ मा आकाङ्क्षीको सङ्ख्या एकभन्दा बढी भएकाले सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । उपमेयर पदमा समेत एकभन्दा बढी आकाङ्क्षी रहेकाले सो पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको नेकपा (माओवादी केन्द्र), कोहलपुरले जनाएको छ ।कोहलपुरको उपमेयरमा रेणुका खड्का, साबित्रा पुन, विष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काको दावेदारी छ ।
ओखलढुङ्गामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा पटक–पटक बसेको सत्ता साझेदार पाँच दलको बैठकमा अरु दलसँग सहमति जुट्न नसकेपछि काँग्रेस र माओवादी केन्द्रबीचमात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।
सरकारले देशलाई लोडसेडिङ मुक्त घोषणा गरिसकेको छ । तर, नेपालगञ्ज र बाँकेसहितका जिल्लामा अघोषित लोडसेडिङका कारण आमनागरिक समस्यामा पर्ने गरेका छन् ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै वर्षौदेखि भारी बोकेर गुजरा चलाउँदै आएका भरियाहरु पेशाबाट विस्थापित भएका छन् ।