अमृतप्रसाद पौडेलम्याग्दी, जेठ १४ गते । नेपालबाट निकै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशीमा जाने गरेको भए पनि म्याग्दीका एक युवाले सिलाइकटाइबाटै मनग्य आम्दानी गर्नुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिकी मिनाकुमारी पुनले पछिल्लो झण्डै एक दशकदेखि बेनीमै सिलाइकटाईबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।वि.सं. २०६८ सालमा बुटवलमा सिलाइकटाई ट्रेनिङ इन्सिच्युटमा तालिम लिएरपछि घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको सिलाइकटाई तालिम लिएपछि २०७० मा आधिकारिक रुपमा टेलरिङ सेन्टर शुरु गर्नुभयो । अहिले उहाँ सो क्षेत्रको प्रशिक्षक एवम् उत्कृट टेलरिङ गुरु मानिनुहुन्छ । उहाँले हालसम्म तीन सय जना भन्दा धेरैलाई तालिम दिइसक्नुभएको छ । सिकाएका विद्यार्थीमध्ये अहिले करिब २० प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ । मासिक करिब एक लाख रुपियाँको ब्यापारमा करिब २५–३० हजार बराबरको सामग्री खरिदमा खर्चपछि करिब ७० हजार रुपियाँको फाइदा हुने उहाँले बताउनुभयो । अहिले उहाँको टेलरिङ सेन्टरमा नियमित रुपमा ६ जनाले तालिम लिइरहनुभएका छ भने अहिलेसम्म आङ्गता भएका परिवारका सदस्यहरु २२ जनालाई तालिम दिनुभएको छ ।
रमेश विश्वकर्मागुल्मी, जेठ १४ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाका गाउँपालिका अध्यक्ष युवराज केसी, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीलगायतले एक औपचारिक कार्यक्रमकाबीच उक्त औजारहरु वितरण गर्नुभएको हो । औजारहरु वितरण गर्दै गाउँपालिकाका अध्यक्ष केसीले कृषिको माध्यमबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषितर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्र्थिक आय–आर्जन वृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सबै कृषकलाई पुग्नेगरी औजार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा आ.व.२०७७/०७८ देखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकार र चन्द्रकोट गाउँपालिकाको संयुक्त साझेदारीमा गाउँपालिका भित्रका वडाहरु ३, ४ र ६ मा लागू भइरहेको छ । चक्रेश्वर स्मार्ट कृषि बाख्रा तथा तरकारी पकेट समूह गठन भई समूहमा कार्यक्रम सञ्चालनमा आएकोमा चालू आ.व.को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनी टीलर, च्याप कटर, तौल मेसिन, सिंचाई पाईप, दाना खुवाउने डुडलगायतका औजार उपकरणहरु वितरण गरिएको हो ।
भक्तपुर, जेठ १४ गते । सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो । परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडि बढाएको केसीले बताउनुभयो । पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छाँै भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ ।
बनेपा, जेठ १४ गते । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् । कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछन् ।
काठमाडौँ, जेठ १४ गते । मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ । यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति/संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो । विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ । नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पु¥याउने व्यक्ति/संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराएर उनीहरूको सुझावमा आधारमा बजेट निर्माण गर्दा मात्रै वास्तविक योजना समेट्न सकिने बताउनुभएको छ । विराटनगरमा शुक्रबार भएको आव २०७९/८० को बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री राईले वास्तविक योजना र यथार्थ बजेट निर्माणले मात्रै विकासको निर्धारित लक्ष्य पूरा गर्ने बताउनुभएको हो । प्रदेश १ का १४ जिल्लामा शुक्रबार एकै पटक बजेट तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया आयोजना गरिएको हो । विराटनगरमा आयोजित कार्यक्रममा मोरङका १७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्लास्थित सरकारी कार्यालयका उच्च पदस्थ अधिकारी, प्रदेश सरकार र मातहत कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
जानु पाण्डेकपिलवस्तु, जेठ १४ गते । कतारको भिसा लगाएका कपिलवस्तु बाणगंगाका सुनिलकुमार तिवारी तिलौराकोट दर्शन गर्न पुग्नुभएको थियो । विदेशी पर्यटकले बुद्ध नगरी तिलौराकोटको माटो लुकाएर लैजान लागेको देखेपछि उहाँको मनमा यहाँको माटोबाट केही गर्ने सोच पलाएको थियो । सानैदेखि माटोको मूर्ति बनाउन मन पराउने तिवारीले यहाँको माटोको बुद्धको मूर्ति बनाएर विक्री गर्ने अठोट गर्नुभयो । विदेश नजाने अठोट गर्दै भिसा त्यागेर उहाँले तौलिहवामा मूर्ति बनाउन सुरु गर्नुभयो । अहिले उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।दुई दशक भारतमा श्रमिकको जीवन बिताउनुभएका उहाँ आफ्नो देशमा काम गर्दै रमाउन लाग्नुभएको छ ।“म कक्षा ३ मा पढ्दादेखि माटोको मूर्ति बनाउन चाहना राख्थे । अरुले मूर्ति बनाएको देखेपछि चाहना लाग्न सुरु भएको थियो । केही वर्ष दसैँको बेलामा दूर्गा मूर्ति बनाउँदै खाली समय काम गर्दै आए पनि ५ वर्ष यता व्यवसायिक रुपमा मूर्ति निर्माण गर्दै विक्री गर्न लागेको छु । परम्परागत सीप मात्र भए पनि युट्युब हेर्दै, भारतको विभिन्न सहरमा मूर्ति बनाएको अवलोकन गरेर सिकेको थिएँ” उहाँले बताउनुभयो । पत्नी, दुई छोरी र एक छोराले उहाँको काममा सघाउने गर्नुहुन्छ । थप एक जना कामदारलाई रोजगारी दिनुभएको छ । उहाँले माटो, सिमेन्ट र फाइवरको प्रयोग गरी मूर्ति बनाउने गर्नुहुन्छ । उहाँले एउटा मूर्तिलाई २५ रुपैयाँ देखि ५ लाख रुपियाँसम्म बिक्री गर्नुभएको छ ।वार्षिक २० लाख भन्दा बढीको मूर्ति विक्री हुने गरेको छ । निर्माण गरिएका मूर्तिलाई सामाजिक सञ्जाल, टिकटकको प्रयोग गरी प्रचार प्रसार गर्दै आउनुभएको छ । सामाजिक सञ्जालको प्रयोगपछि काठमाडाैँ, पोखरा, धनगढी, दाङ, अर्घाखाँचीलगायतका स्थानबाट मूर्तिको माग हुने गरेको छ । शुरुमा माटोको प्रयोग गरी नमूना मूर्तिको बनाउने र नमूना मूर्तिबाट फाइबरको साँचो बनाउने उहाँ बताउनुहुन्छ । पसल अगाडि निर्माण भएका मूर्ति देख्नुभएपछि प्रदेशमन्त्री डिल्लीबहादुर चौधरीले थारु म्युजियमका लागि मूर्तिको अर्डर दिनुभएको उहाँ बताउनुहुन्छ ।उहाँका अनुसार हाल तिलौराकोट आउने स्थानीय र विदेशी पर्यटक समेत मूर्ति लिन आउने गरेका छन् ।
देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन ।
रोप, रोप रोप्नेरी औ असारमा गोडौली, आरु फुल्यो ड्यौटी दिम्ला, माइत गई ओडौली.... यतिखेर डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका
नेपाली रङ्गमञ्चमा व्यस्त रङ्गकर्मीका रूपमा चिनिनुहुन्छ रङ्गकर्मी भोलाराज सापकोटा । उहाँले केही वर्षअघि बलिउड कलाकार रणवीर कपुर र प्रियङ्का चोपडा अभिनित चलचित्र ‘बर्फी’ मा पनि अभिनय गर्नुभएको थियो । सापकोटाले अग्निको कथा
राजु लामिछानेरुकुम पूर्व, जेठ १४ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुम पूर्वमा आयुर्वेद औषधि उत्पादन केन्द्र बनाउन सकिने बताउनुभएको छ । रुकुम पूर्वको रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री थारुले रुकुम पूर्व जडिबुटीको भण्डार क्षेत्र रहेकाले आयुर्वेद औषधि उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्नुभएकाे हाे । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिने समेत मन्त्री थारुले बताउनुभयो ।‘यहाँ बहुमुल्य जडिबुटी छन्,’ मन्त्री थारुले भन्नुभयो, ‘जिल्लाका सबै दल, जनता, बुद्धिजीविहरु एक भएर यहाँको जडिबुटीलाई संकलन, प्रशोधन गर्ने र औषधि उत्पादन गर्नमा जोड दिनुपर्छ ।’ जिल्लाका विभिन्न स्थानमा पाइने बहुमूल्य जडिबुटीहरु यार्सागुम्बा, पाँचऔले लगायतको संकलन, प्रशोधन र औषधि निर्माणले आर्थिक समृद्धि पनि हुने उहाँले बताउनुभयो । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा केन्द्रको उद्घाटन गरिएको हो ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु । तस्बिर ः राजु लामिछाने
नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान–२०२२ अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथालगायत पूर्वी नेपालका विभिन्न हिमालमा वर्षौंदेखि छरिएर रहेको फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैङ्क दर र पुनर्कर्जा दरलाई यथावत् राख्दै चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत् रहेकाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।