नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।
निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न श
प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।
राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानि पु¥याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट
माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकबाट सामुदायिक विद्यालयले बालबालिकालाई वञ्चित गरिरहेका छन् । संविधानको धारा ३१ मा रहेको मौलिक हक अन्तर्गत शिक्षा
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवम् नागरिक बचाउ महाभियान, नेपालबिच सहमति भएको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपस्थितिमा आज भएको वार्तापछि प्रसाईँ समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गर्नुभयो ।
जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिदका लागि हेटौँडामा खेलकुद महोत्सव आयोजना गरिनेभएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा समूहलाई आधिकारिकता दिएको छ ।
सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ।