जिल्ला समन्वय समिति ताप्लेजुङमा प्रमुखसहित सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
काठमाडौं, जेठ ३१ गते । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ । उहाँले आफ्नो प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लाग्नुभएको हो । दुई वर्षदेखि प्रेममा रहेका यी जोडीले गतवर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले विवाहको प्रस्ताव स्वीकार गर्नुभएको थियो ।
संसद सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ ।
सहरी विकास मन्त्रालयसँग सम्बन्धी विनियोजन शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपियाँ बराबरको धान–चामल आयात भएको छ ।
बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवारले अमेरिकाले गरेको १० बुँदे प्रस्तावबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (मङ्गलबार) नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९:१५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने दाउमा छ ।
नेकपा (एमाले)का सांसदले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपाल सुखत नतिजा निकाल्दै छनोट खेल अन्त्य गर्ने अभियानमा छ ।
दाङको तुलसीपुर उपमहानरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप- २०२२ मा छनोट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५-४ गोलले हरायो ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क विहिन भएका छन् । सम्पर्क विहिन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।