• ६ कात्तिक २०८१, मङ्गलबार

हत्यामा संलग्न रहेको अभियोगमा पाँचजना पक्राउ

blog

पर्सा, जेठ ३१ गते । बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका(६ बस्ने ४५ वर्षीय हीरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनीता देवी र २२ वर्षीया रिंकु देवी छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका(६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, वसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति  मृतकको भिनाजु हीरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुउपर ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको   छ ।