शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात सहसचिवको स्तरमा बढुवा गरेको हो ।
नेपाल उद्योग परिसङ्घ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ ।बुधबार आयोजित कार्यक्रममा परिसङ्घका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ मधेश प्रदेशले पहिलो पटक प्रदेशस्तरीय दुई दिवसीय युवा महोत्सव आयोजना गर्नेभएको छ । मधेश प्रदेश महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सवका बारेमा जानकारी दिनुभएको हो । युवा महोत्सव यही असार १५ र १६ गते आयोजना हुनेछ ।
कालीकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ । कालीकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो । कालीकोटको जितेबाट सुर्खेत जाँदै गर्नुभएका सान्नीत्रिवेणी– ६, का मुक्तिप्रसाद सज्यालले विभिन्न यातायात समितिको भाडा दर फरक-फरक रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सामाजिक सुरक्षा कोषका अधिकारीबीच बुधबार राजधानीमा भएको छलफलमा कोषले सोबारेमा जानकारी दिइएको हो ।
विचाराधीन मुद्दा मिलाउने भन्दै न्यायाधीश र कानुन व्यवसायीबीचको अडियो संवाद बाहिरिएपछि न्याय परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको छ । परिषद्को बुधबार सम्पन्न बैठकले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूह तर्फ लिएको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा बुधबार सार्वजनिक गरेको छ ।
बालबालिकाको उपचारका लागि करिब डेढ दशकअघि स्थापना भएको सामुदायिक बाल अस्पताल चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । २०६६ सालमा घोराही उपमहानगरपालिका–१६ स्थित सर्रामा स्थापना भएको सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका थिए तर स्थानीयको त्यो खुसी लामो समय टिक्न सकेन ।
भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो ।
पानी नपरेका कारण किसानलाई यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । कतिपय बस्तीमा आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएको हुँदा हालसम्म पानी नपरेपछि रोपाइँ ढिलाइ भएको हो । सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका किसान दाने फडेराले हालसम्म रोपाइँ सम्पन्न हुनुपर्नेमा आधा पनि नसकिएको बताउनुभयो । उहाँले सिँचाइ सुविधा भएका खेत
गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।
राजधानी काठमाडौँ र वरपरका क्षेत्रमा जारी तीव्र सहरीकरण तथा जनसङ्ख्याको चाप न्यून गर्न झन्डै दुई दशकअघि काठमाडौंँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण सम्बन्धमा तयार पारिएको अवधारणाले एक समय निकै चर्चा पाएको थियो । कागजी उच्च चर्चाको लाभ जग्गा कारोबारीले भने राम्रै हात पारे । कागजी रूपमा प्रक्रिया पनि अगाडि बढाइएको धेरै सुनिए पनि काम भने देखिएन ।
प्रत्येक मानवको नैसर्गिक अधिकारलाई थुन्न वा छेक्न खोज्नु भनेको खोलाको बीचमा उभिएर पानीको बहाव रोक्न खोज्नु वा हत्केलाले सूर्यलाई छेक्न खोज्नुसरह हो । यसै मान्यतालाई आत्मसात् गर्दै सन् १८३० देखि महिला दासताविरुद्ध विश्वव्यापी आन्दोलन सुरु भएको पाइन्छ । विशेषगरी औद्योगिक क्रान्तिपछि महिलाको आर्थिक अधिकारको खोजी हुन थालेको हो ।
जैविक सन्तुलन र पर्यावरण स्वच्छताले वातावरण अनुकूल बनाउँछ । वातावरणको अनुकूलताले विकासमा सकारात्मक प्रभाव पार्छ । स्वच्छ वातावरण शासकीय कुशलताको सूचक पनि हो । वातावरणमा ध्वनि, वायु, जल र जलवायु परिवर्तन, वन विनाश र अव्यवस्थित विकास जस्ता क्रियाकलापले असर पारेको छ ।
केही समयदेखि इन्धनको अकाशिँदो मूल्यवृद्धिले हाम्रो मुलुक र आमनागरिकलाई ठूलो समस्यामा फसाइदिएको छ । यो वृद्धि कुन तहमा पुगेर रोकिने हो अनुमान गर्न कठिन छ । नेपाल आयल निगमले दिएको सूचनाअनुसार अझै पनि निगम घाटामै छ ।