भाइबहिनीहरू तिमीहरूलाई नि थाहा नै छ । विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय शिक्षाको धेरै महत्त्व छ । हाम्रो घर वरपरको वातावरणजस्तै विद्यालयको वातावरण पनि बालमैत्री हुनुपर्छ । बढ्दो उमेरका बालबालिकामा सिकाइसँगै वरपरको वातावरण कस्तो छ भन्ने कुराले झन् धेरै महत्त्व राख्छ । आवश्यक
हिमाली जिल्ला दार्चुलामा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। केही दिनयता ह्वात्तै बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। चिसोबाट जोगिन दिनभरि आगो तापेर बस्नु परेको अपिहिमालका स्थानीय कलावती रोकायले बताउनुभयो। बिहान बेलुकी दैनिकी काम गर्नसमेत नसकिने अवस्था आएको उहाँको भनाइ छ।
छाउप्रथा रोक्नुपर्ने ठाउँ बाजुरामा अहिले पनि महिनावारी भएका महिलालाई हिँड्ने बाटोसमेत बन्द गरिन्छ। जिल्लाका अधिकांश स्थानीय तहमा मठमन्दिर भएकै ठाउँमा विभिन्न गोरेटो, बाटो छन्। ती बाटोमा महिनावारी भएका महिला हिँड्न पाउँदैनन्। महिनावारी भएका महिलाले ती बाटोमा हिँड्दा धामीझाँक्रीले देवता रिसाउँछ भन्दै डर देखाउन थालेपछि महिनावारी भएका महिलाका लागि ती बाटा बन्द हुन्छन्।
कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुन्छ। अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी सङ्कलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारण यो अवधिमा बालबालिका विद्यालयदेखि बाहिर हुन्छन्।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार बस्दै छ। निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सभा सचिवालयले सबै तयारी पूरा भएको जनाएको छ। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले अधिवेशनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सिट व्यवस्थापनलगायतका सबै तयारी पूरा गरेका छौँ।”
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सुरु हुन लागेको हो ।
चुरे क्षेत्रको वन तराई मधेश क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न निकै महत्वपूर्ण मानिन्छ । यसैले पनि यसलाई सो क्षेत्रका निम्ति जीवनरेखाको रूपमा औँल्याउने गरिन्छ । चुरे क्षेत्र तराई मधेश क्षेत्रका निम्ति मात्र नभई नेपाल र आसपासका क्षेत्रसँग पनि यसको साइनो गाँसिएको छ । यस अर्थमा चुरे क्षेत्रको संरक्षणलाई समग्रमा महत्वपूर्ण पर्यावरणीय कार्यक्रमका रूपमा लिन सकिन्छ । तर विडम्बना यस्तो महत्वपूर्ण पर्यावरणीय क्षेत्रको वर्तमानमा अतिक्रमण तथा विनाशको चपेटामा परेको यथार्थ हामीसामु रहेको छ । चुरे मासिन थालेको चार दशकभन्दा बढी भयो र यसको संरक्षणको प्रयास भए पनि त्यो अझै राम्ररी संस्थागत हुन सकेको छैन ।
पुस १६, बीपी कोइराला २०३३ सालमा आठ वर्ष लामो प्रवास जीवनबाट नेपाल फर्किएको दिन हो । मानिसहरू अहिले पनि यसलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा सम्झन्छन् र यसको सान्दर्भिकता नसकिएको व्याख्या गर्न रुचाउँछन् । बीपीले जुन परिवेशमा राष्ट्रिय मेलमिलापको आवश्यकता औँल्याउनु भएको थियो, आज त्यो परिस्थिति छैन । नेपालको प्रजातन्त्रसँग राष्ट्रियताको सम्झौता गर्नुपर्ने अवस्था आइपर्दा उहाँले प्रजातन्त्रका लागि राष्ट्रियता गुमाउने सर्त मञ्जुर गर्न चाहनु भएन । र उहाँले बरु राजासँग सम्झौता गरेर प्रजातन्त्रको दियो जगाइराख्छु भन्ने दृष्टिकोण राख्नुभयो । यो बेग्लै कुरा हो कि उसबेला राजाले त्यो कुरा बुझेनन् । बुझ्न चाहेनन् । आज मुलुकमा लोकतन्त्र छ र राजतन्त्र मुलुकबाट बिदा भइसकेको छ । त्यसैले यसखालको राष्ट्रिय मेलमिलाप आज पनि सान्दर्भिक छ भन्नु सुगा रटाइ मात्र हुन्छ ।
सन् २०२२ ले बिदा लिएको छ, नयाँ वर्ष २०२३ आरम्भ भएको छ । हामी विक्रम संवत् देशीय पात्रो मान्ने भए पनि संसार इस्वी सन्को घडीमा घुम्छ । राजनीति, अर्थतन्त्र, कूटनीति, विज्ञानप्रविधि यसै पात्रोको ऐनामा संसारले देखिरहेको हुन्छ र समीक्षा यसैको सेरोफेरो हुँदै आगामी रणनीति तय हुन्छ । हामीले हाम्रो अर्थतन्त्रलाई संसारको आलोकबाट टाढा राख्न सक्ने अवस्था छैन । भूमण्डलीकरणले नेपाली अर्थतन्त्रलाई समेत विश्व आलोकमा जोडेको छ । विश्वभर श्रम सिञ्चन गर्न पुगेका नेपालीले पठाएको विप्रेषण नेपाली अर्थतन्त्रको अक्सिजन भएको छ । आयातमा आधारित अर्थतन्त्रले विप्रेषण उपभोगमै राजस्वको आधार सिर्जना गरेको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका ७ घर भई हाल काठमाडाैँमा बस्दै आएका दीपक लामाले आफ्ना पिताको ४९ औँ पुण्य तिथिको अवसर पारेर ७० जना विद्यार्थीलाई विद्यालय पोसाकमा प्रयोग हुने स्वेटर दिनुभएको छ ।
संवैधानिक निकायका रूपमा रहेको महालेखापरीक्षक कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनले नेपालमा वित्तीय अनुशासन सही लयमा नभएको देखाउँछ । बढ्दो बेरुजु र त्यसको फस्र्योटमा सम्बन्धित निकाय एवं अधिकारी जिम्मेवार नभइदिने निरन्तरको समस्याले वित्तीय अनुशासनको परिपालना गम्भीर प्रश्न बनेको छ । यसै सन्दर्भमा नेपालको वित्तीय अनुशासनको अवस्था र बेरुजु फस्र्योटमा देखिएका समस्यालगायत विषयमा महालेखापरीक्षक टङ्कमणि शर्मासँग गोरखापत्रका विश्वास रेग्मी र गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानी :
नेपालमा सुकुम्बासी बस्ती जटिल समस्या बन्दै आएको छ । काठमाडौँको थापाथलीस्थित बागमती नदीकिनारामा रहेको सुकुम्बासी बस्तीले व्यवस्थापन समस्या खडा गरेको छ । एकीकृत बागमती सभ्यता विकास आयोजनाले पटक पटक बस्ती हटाउन पहल गरे पनि हट्न सकेको छैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाई घर भत्काइए । केही समयपछि पुनः घर बनाइ त्यहीँ बस्ती बसाए । उपत्यकामा बागमतीको अलावा विष्णुमती, धोबी खोला, गोदावरी, मनोहरा तथा बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । नदी, खोला किनारामा बसोबास गर्ने व्यक्ति सबै वास्तविक सुकुम्बासी नै हुन् त ? उत्तर खोज्नुपर्ने भइसकेको छ ।
कोहलपुरमा सञ्चालनमा रहेका दन्त अस्पताल स्थानीय सरकारको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले हाल कोहलपुरमा सञ्चालित कुनै पनि दाँत अस्पतालले स्थानीय सरकारसँग सञ्चालन अनुमति नलिएको जानकारी दिनुभयो। प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएकै आधारमा सबै दाँत अस्पताल सञ्चालनमा रहेको तर कसैले पनि स्थानीय सरकारसंग सञ्चालन अनुमति लिएका छैनन्।