निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ ।
ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाम पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहाम एस्टन भिल्लासँग २–० गोलले पराजित भयो । अर्को खेलमा चेल्सी नटिङ्घमसँग १–१ गोलको बराबरीमा रोकियो ।
झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल–सिसीबीच आइतबार टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । सोमबार सङ्घीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो ।
सुनसरीको रामधुनी नगरपालिका –८ का किसान दिनेश चौधरीले यसपाली गहुँ खेती छाडेर मकै लगाउनुभयो । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नमिलेपछि चौधरीले गहुँ खेती त्यागेर मकै खेती लगाउनुभएको हो ।
टोलीका प्रभावशाली खेलाडी खेलाडी लियोनल मेस्सी र नेयमारविनै प्रतिस्पर्धा गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पहिलो हार खेपेको छ । कतार विश्वकप पछि सुरु भएको लिगमा आइतबार राति पीएसजी लेन्ससँग ३–१ गोलले स्तब्ध भयो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनुभएको छ ।
'देखेर तिमीलाई', 'के माया लाग्छ र ?' जस्ता चर्चित गीतहरू सिर्जना गरेर दर्शक श्रोताहरूको मन जित्न सफल ब्राण्ड आर्टमाण्डूले म्युजिकल फिल्म 'चन्द्रमा' रिलिज गरेको छ ।
सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्दै गर्न बाध्य छन् ।
कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो । धनले सम्पन्न त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन् । उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो । उनको नाम मात्र कृपा थियो, दया र माया भने उनमा अलि कति पनि थिएन । धनी परिवारकी भएकाले कृपा केही काम गर्दिनथिन् । दिनभरि गाउँ डुलेर बेलुका घर फर्किन्थिन् । उनको घरमा आमा र भाइ मात्र थिए । धनले पुलपुलिएकी कृपालाई कुनै कुराको मतलब पनि थिएन ।