नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ बढाएको हो। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत राखिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपश्चिमले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत् नेकपाले चुनावलक्षित प्रतिबद्धता सार्वजनिक गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ।
शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।
मधेश प्रदेशका पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।
तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पर्पल हेज एभिएले जितेको छ ।
वरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा स्तब्ध बनायो ।
पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित भयो ।
म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौरको तोरी खेती अवलोकन गर्न विभिन्न ठाउँबाट रत्नेचौरमा आएका आन्तरिक पर्यटक।