शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १७ गते । शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।
पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा समूहका अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना घोषणा गर्नुभएको हो ।
समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले पत्रकार पण्डित एक व्यावसायिक र चिन्तनशील पत्रकार भएको बताउनुभयो ।
पण्डितको २०८० माघ १७ गते अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा निधन भएको थियोे । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ साल वैशाख १८ मा जन्मनुभएका पण्डित शिक्षण र लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । रासस