पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर १९ महिला फुटबलमा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रंगशालामा भएको फुटवल खेलमा बंगालादेशले भुटानलाई १२–० गोले पराजित गरेको हो ।
स्याङ्जाको वालिङमा चलिरहेको वालिङ महोत्सवस्थल परिसरमा निर्माण गरिएको गोलघर दर्शकहरूको आकर्षणमा परेको छ ।
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो ।
कर्णाली काेरिडोरको सिमकोट गाउँपालिका–५, कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउँले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प्रहरी सो हिउ सफा गर्ने कार्य गरेपछि रोकिएको यातायात सेवा सुचारु भएको हो ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशको क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।
चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान १२ः०१ बजे (बीजिङ समय) ‘लङ मार्च-२ सी’ क्यारियर रकेटमार्फत सम्पन्न भएको हो ।
चार दशक सेवा गर्नुभएका शिक्षकलाई गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी माविले दीर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ ।
झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्र वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिनु भएको छ ।
मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेन्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाताको घरमा पुग्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठुलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाका कामहरू पूरा गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवार भएर जनतामाझ आएको बताउनुभएको छ।
अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ । ‘मार्च-२३’ आन्दोलन (एम-२३) नामक विद्रोही समूहका एक प्रवक्ताले शुक्रबार उक्त घटनाको पुष्टि गरेका छन् ।
धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो।
शुक्रबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–३, सावा दैजीमा अटो चालकहरू घरबाट पार्सल गरेर ल्याएको रोटी खाँदै गरेको भेटिनुभयो । उहाँहरु एका विहानै घर गुजारा गर्न अटो चलाउँदै आउनुभएको छ ।