राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।
पोखराको सेती नदीको खोँचमा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।
नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । इटहरी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ५३ रनले हरायो ।
सरकारले भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।
आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली लिभरपुल ब्राइटनसँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग उसैको मैदानमा ३–० गोलले पराजित भयो ।
पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ।
पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ४२ जना यात्रुको शव निकालिएको छ ।
कर्णाली प्रदेशको सभामुख पदमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार भएको मतदानबाट संसदको २४ मत पक्षमा प्राप्तगरी सभामुखमा गुरुङ निर्वाचित हुनुभएको सभाध्यक्ष महेन्द्र विष्टले घोषणा गर्नुभएको हो ।
प्युठानको धार्मिक तथा पर्यटकीयस्थल गौमुखिमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । गौमुखि गाउँपालिका –२ मा पर्ने झिमरुक नदीको उदगमस्थल गौमुखिमा दर्शन गर्न आउने भक्तजनको भिड लागेको हो ।
कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिनुभएको छ ।
हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान राम र सीताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको आइतबार पूजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।
पोखरामा दुर्घटनामा परेको जहाजका २४ वटा शबलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टममा लागि लगिएको छ ।