• १५ चैत २०८०, बिहिबार

लिभरपुल ब्राइटनसँग स्तब्ध

blog

लिभरपुलविरुद्ध गोल प्रहार गर्दै ब्राइटनका ड्यानी वेलब्याक । तस्बिर : एएफपी

काठमाडौं, माघ १ गते । इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली लिभरपुल ब्राइटनसँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग उसैको मैदानमा ३–० गोलले पराजित भयो ।

ब्राइटनको जितमा सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा ब्राइटनका लागि सोली मार्चले दुई र ड्यानी वेलब्याकले एक गोल गर्नुभयो । खेलको सुरुवात देखिनै लिभरपुललाई दबाबमा राखेको ब्राइटनले ४६औं मिनेटमा गोल गरेको थियो ।

सोलीले मिटोमाको पासमा गोल गर्दै ब्राइटनको उत्साह जगाउनुभयो । ५३औं मिनेटमा सोलीले ब्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाउनुभयो । ८१औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई सजिलै जिताउनुभयो । जितसँगै १८ खेलबाट ३० अंक बनाएको ब्राइटन सातौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २८ अङ्कसहित नवौं स्थानमा छ ।

अन्य खेलमा ब्रेन्टफर्डले बर्नमाउथलाई २–०, वल्भ्सले वेस्ट हामलाई १–०, नटिङघमले लेस्टर सिटीलाई २–०, साउथ ह्याम्पटनले एभर्टनलाई २–१ तथा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ । एजेन्सी